बागलुङको वडिगाड गाँउपालिका वडा नँ ५ मसरा भन्ने स्थानमा आज अपराहन्न पिकअप दुर्घटना हुँदा चालक सहित चारजना घाईते भएका छन् ।
दिउँसो करिब ४ ः ३० बजेको समयमा बडिगाड २ खर्वाङ देखि वडा नँ ५ को खौलार तर्फ आउँदै गरेको लु २ च २८९३ नम्बरको पिकअप जिप सदकदेखि अनियन्त्रित भई करिब ५० मिटर तल खस्दा चालक सुवाश बिक सहित सवार वडिगाड ५ का प्रकाश घिमिरे सोहि स्थानका ज्ववती थापा र भारत घर भई ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा काम गर्दे आएका बलीराम गुप्ता गम्भिर घाईते भएका छन् ।
घाईते सबैको उपचारका लागि पाल्पा रिफर गरीएको खार प्रहरी चौकीले जनाएको छ ।



















































































































































































































