१२ कार्तिक २०८३, बुधबार

 

कवाडी व्यवसायीलाई कुटपिट गर्नेलाई कारवाहिको माग गर्दै भदौ ३१ गते गलकोट बन्द

कवाडी व्यवसायीलाई कुटपिट गर्नेलाई कारवाहिको माग गर्दै भदौ ३१ गलकोट बन्दको आवाहन गरिएको छ । गलकोटमा भएका बिभिन्न संद्य संस्था तथा युवाहरुको सयुक्त आवाहनमा गलकोट बन्द गर्ने घोषणा गरिएको छ ।

गय राति गलकोट नगरपालिका वाड नम्बर ३ हटियाको लोकतन्त्र चोकमा कवाडी ब्यवसायी सञ्चालन गर्दै आएका भारतिय नागरिक रामबाबु कुमारलाई श्रीमतिसँगै सुतिरहेको बेला एक्कासी ढोका खोल्न लगाई

मुख रुमालले छोपेर पिकअप गाडिमा राखि गलकोट नगरपालिका वाड नम्बर ११ रिघाको जंगलमा लागि निर्धात कुटपिट गरि फालिदिएको भन्दै पिडित पक्षले न्याय र फरार ब्यक्तिहरुलाई प्रहरीले पक्राउ नगर्दा सम्म गलकोटको बजार र यातायात बन्द गर्ने निर्णय गरिएको धौलागीरी बस ब्यवसायी समिति गलकोटका कर्मचारी महेन्द्र खड्काले बताए ।

सयुक्त रुपमा प्रकाशित बिज्ञतिमा प्रहरी प्रशासनले घटनामा संलङन केहि ब्यक्तिहरुलाई प्रक्राउ गरेको र मुख्य योेजनाकार अझै फरार रहेको भन्दै उक्त ब्यक्ति प्रक्राउ नपर्दासम्म गलकोट बन्द गर्ने होटल ब्यवसायी संद्य गलकोटका सचिव बसन्त भण्डारीले बताऐ ।
गुमानसिह भण्डारी

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung