१२ कार्तिक २०८३, बुधबार

 

बागलुङको सुख्खा पहिरोका कारण बनेको ताल अझै हटेन स्थानीयद्धारा ताल खुलाउन आग्रह

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका र वडिगाड गाँउपालिकाको सिमानामा पर्ने तुरतुरे भन्ने स्थानमा शुक्रबार राति गएको सुख्खा पहिरोका कारण बनेको ताल अझै सम्म हट्न नसक्दा स्थानीय बासी समस्यामा परेका छन् ।हिँजो बिहान साविकको गतिमा नदिले आफनो गति लिएपनी करिब ६ भण्टासम्म सँकलन भएको वडिगाड नदिको पानि सँकलन भएर बनेको तालको मात्रा घट्न नसक्दा दुई घर अझै दुवानमा हुनुका साथै आसपासका बासिन्दा समेत कुनै पनी समयमा पनी संकलित तालका कारण पहिरो जान सक्ने भन्दै चिन्तित बनेका छन् ।

उनिहरुका अनुसार दुई दिन वितिसक्दा समेत राज्यले यसको व्यवस्थापन गर्न नसकेको भन्दै आक्रोसित बन्दै जान थालेका हुन् ।
पहिरोका कारण ठुला—ठुला चट्यान नदि किनारमा रहेका कारण पानिको बहाब ओभर फलो भएर बगेपनी तालको गहिराई भने धेरै रहेको हो । पानिको सहत तालको रुपमा जमेका कारण ढोरपाटन नगरपालिका २ सिमलचौरका देविराम कुमालको तिनतले घर र एकगोठ पुर्ण रुपमा दुवाएको छ । त्यस्तै नजिकै रहेको कुष्ण कुमालको घर र एक पोल्टि र्फम , चुडाबहादुर कुमालको २ गोठ दुवानमा पर्नुका साथै गोठमा रहेका ३ वटा गोरु दुवानमा परेर मरेका छन् ।

त्यस्तै दुर्गा बहादुर कुमाल एक गोठ दुवानमा परेको हो । त्यसैगरी उनिहरु सहित नेत्र बहादुर कुमाल, विकास कुमाल, दिपक कुमाल, भानसिंह कुमाल, भुवनसिंह कुमाल, जगत कुमाल, डम्बर बहादुर खत्री, लोकबहादुर खत्रिको धान खेत र बारी गरी सयौँ रोपनी जग्गा दुवानमा परेको हो । त्यस्तै वडिगाड कृर्षि सहकारीद्धारा सञ्चालित ४ लाख ५० हजार लागत बराबरको बर्षा पम्प बगाएको छ । घर दुवानमा परेको परिवार छिमेकिको आश्रय लिएर बस्न बाध्य भएका हुन् ।

त्यस्तै आईतबार राष्ट्रिय जनमोर्चा जिल्ला कार्यसमिती बागलुङको तर्फदेखि पिडित परिवारको घरमै पुगेर राहत हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पिडितलाई दुखको समयमा केहि भएपनी राहत होस भन्ने उदेश्यले आफुहरुले राहत उपलब्ध गराईएको राष्ट्रिय जनमोर्चा जिल्ला कार्य समिती सदस्य गौरीश्वर पाण्डेले बताए ।

पार्टिले घर दुवानमा परेका देविराम कुमाल र कुष्ण कुमालको परिवारलाई नगद रु ५÷५ हजारका दरले र गोठ दुवानमा परेका चुडाबहादुर कुमाल दुर्गा बहादुर कुमालका परिवारलाई नगद रु ३÷३ हजार रुपैयाका दरले राहत हस्तान्तरण गरीएको थियो । त्यस्तै राजमोबाट निर्वाचित ढोरपाटन नगरपािलका वडा नँ २ का वडा अध्यक्ष युवराज महतले आफनो व्यातिmगत तर्फदेखि घरदुवान परेका दुई परिवारलाई नगद रु ४÷४ हजार र गोठ दुवानमा परेका परिवारलाई नगद रु २÷२हजार रुपैयाका दरले राहत उपलब्ध गराएका थिए ।

आायेजित कार्यक्रम राजमो ढोरपाटन नगरपािलका वडा नँ २ का अध्यक्ष तमबहादुर घर्तिको अधयक्षता, जिल्ला सदस्य गौरीश्व पाण्डे, दुर्गादेवि घर्ति, वडा अध्यक्ष युवराज महत, वडा सदस्यहरु प्रेम चालीसे, तमबहादुर घर्ति, जमुना खनाल, स्थानिय दिलबहादुर कुमाल, अनबहादुर थापा पत्रकार स्थानिय बासि लगाएतको सहभागिता रहेको कार्यक्रममा वडा अधयक्ष युवराज महतले बोल्दै सुख्खा पहिरोका कारण स्थानियलाई तहस नहस बनाएको बताउंदै नदि संगै आसपासको क्षेत्रमा जम्मा भएको ताल हटाउनका निम्ती सम्बन्धित निकायमा आफुले पहल गर्ने बताउंदै नगरपालिकाबाट पिडित परिवारलाई राहतको व्यवस्थापनका निम्ती तत्काले छलफल गरेर आफुहरु पिडितको घरमा पुनह आउने प्रतिवध्धता जनाए ।

त्यस्तै जिल्ला सदस्य दुर्गादेवि घर्तिले बोल्दै पिडितको दुखमा मलम लगाउन राष्ट्रिय जनमोर्चा अग्रसर रहेको बताउँदै पिडित जनताको व्यवस्थापनमा निम्ती स्थानिय सरकारले तत्काल कदम उठाउनु पर्ने बताए । आयोजित कार्यक्रम वडा सदस्य प्रेम चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung