आज बिहान देखि बन्द रहेको गलकोट दिउँसोबाट खुलेको छ । गल्कोट हटियामा कवाडी कारोवार गरी बस्दै आएका भारतीय नागरिक रामबाबु कुमारलाई अस्ति राति कोठाबाट समाती अपहरण शैलीमा रिघाको जंगलमा लगेर निर्घात कुटपीट गरी मरणासन्न अवस्थामा छोडेको घटनालाई लिएर आज स्थानीय व्यापारीहरुले स्वतस्फूर्तरुपमा गल्कोट बन्द गराएका थिए ।
शुक्रबार राति करिब ९ बजेर ४५ मिनेटको समयमा काठेखोला गाउपालिकाको बिहँुमा आयोजना गरिएको भलिबल प्रतियोगितामा सहभागी भएर गल्कोट फर्कदै गरेका गल्कोट नगरपालिका वडा नम्बर ६ का एक दर्जन युवाहरुले भारतको मोतिहारी घर भई हाल गल्कोटको हटियामा बस्दै आएका राम बाबु कुमारलाई निर्घात कुटपिट गरेपछि फरार भएका युवाहरुलाई तत्काल पक्राउ गरि कार्वाहिको माग गर्दै गलकोट बन्द गरिएको थियो ।
श्रीमती सँगै सुतिरहेका कुमारलाई एक्कासी वसन्त दाई हुम भनि ढोका खोल्न लगाई मुख रुमालले छोपिदिएर पिकअप गाडीमा राखी गल्कोट नगरपालिका वडा नम्बर ११ रिघाको जंगलमा लगि निर्घात कुटपिट गरि फालिदिएको भन्दै स्थानियले दोषिलाई आवश्यक अनुसारको कार्वाहिको माग गर्दै स्वतस्फुर्तरुपमा गलकोटका युवा, बिभिन्न संद्य संस्थाहरुले बिहान देखिनै बन्द गएका थिए ।
गलकोटमा भएका नेकपा, नेपालि काग्रेस, राष्ट्रिय जनमोर्चा, उद्योग बाणिज्य संद्य लगायतको सयुक्त बैठकले घटनामा संलङन फरार ब्यक्तिलाई अबको २४ घण्टा भित्र प्रक्राउ गरि कानुनि कार्वाहि गर्नका लागी प्रहरी प्रशासनलाई दबाब दिने माग गर्दै बन्द फिर्ता लिइएको प्रेस बिज्ञतिमा उल्लेख गरिएको छ । बिज्ञतिमा गलकोट नगरपालिका भित्रका नेकपाका तिलक उप्रेति, नेपालि काग्रेसका नारायणध्वज मल्ल, राष्ट्रिय जनमोर्चाका टंक केसी, पिडितका प्रतिनिधि बसन्त भण्डारी लगायतले हस्ताक्षर गरेका छन् ।



















































































































































































































