१२ कार्तिक २०८३, बुधबार

 

जातिय विभेदको सवाल साझा सवाल बनेन

बागलमा अझै पनि जातिय विभेदको सवाल सबैको साझा सवाल नबनेकोअधिकारर्कीले गनासो गरेका छन् ।दलित अनलाइनले शनिवार बागलमा अनलाइनको तेस्रो वार्षिकोत्सवका अवसरमाआयोजना गरेको समानताका लागि सामाजिक न्याय बिषयक बहस कार्यक्रममा
सहभागीले यस्तो बताएका हुन् ।

उनीहरुले जातिय बिभेद गाउँदेखि शहरसम्म यथावत रहेको भन्दै विभेदन्य७३घढसनिकरण भएको नभई बिभेदको शैलीमा मात्र फेरबदल आएकोबताएका थिए । पढे लेखेका, राजनीतिका दलका नेता कार्यकर्ता, अधिकारकर्मी,कर्मचारी लगायतमा पनि अझै विभेद अन्त्यका लागि सकरात्मक सोच र व्यवहारका लागि दृढ इच्छा शक्तिको अभाव देखिएको भन्दै अब, सोचर, व्यवहार सवैमा परिवर्तन ल्याउन जरुरी भएको धारणा राखेका थिए ।

दलित अधिकारकर्मी धनबहादर परियारले जिल्लाका दलित आन्दोलनकोअवस्था, समस्या र सम्भावनाका बिषयमा जानकारी दिनु भएको कार्यक्रममा पोखरा उच्च अदालत बार एकाई बागलका अध्यक्ष हरिप्रसाद शर्मा, अधिवक्ताअध्यक्ष राम शर्मा, अधिकारकर्मी ममतादेवी शर्मा, यामबहादुर चर्माकार,अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष भविकला रोका, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, नेकपा नेता लालबहादुर थापा, नेपाली कांग्रेसका जिल्ला सदस्य सिताराम रसाइली,जनप्रतिनिधिकातर्फबाट लक्ष्मी बोहरा, सुरज बोसेल, सुजाता नेपाली लगायतले बोल्नु भएको थियो ।

दलित अनलाइनका सम्पादक अशोकदर्नालको अध्यक्षता र सुनिल विकेसिर्पालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung