१२ कार्तिक २०८३, बुधबार

 

त्रिरत्न ससमाजसेवा युवा क्लव गुल्मीको अधिवेशन- अध्यक्षमा सुवेदार खाती चयन

त्रिरत्न समाजसेवा युवा कल्व मुसिकोट नगरपालिका १ पौदीअमराई गुल्मीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सुवेदार मेजर विष्णुध्वज खातीको अध्यक्षतामा ११ सदस्यीय नयॉ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अनिता राना, सचिवमा आनन्द प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा देवकला थापा, सह सचिवमा धन बहादुर हितान रहेका छन् ।

समितिको सदस्यहरुमा सोम बहादुर राना, शंकर थापा, झलक बहादुर थापा, पदेन सदस्यमा वडा अध्यक्ष पूर्ण बहादुर हितान र पदेन सदस्यमै नेपाल राष्ट्रिय सर्वोदय माध्यमिक विद्यालयका प्राचार्य चिरिञ्जीवी थापा, पौदीअमराई प्रहरी चौकी इन्चार्ज समेत रहेका छन् । सो अवसरमा भूतपर्वू जिल्ला विकास समिति सदस्य एवं वरिष्ठ समाजसेवी हरि बहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । समितिको सदस्यहरुमा राम बहादुर राना र गंगा श्रेष्ठ रहेका छन् ।

अधिवेशनमा कल्वका पदाधिकारीहरु, युवा, समाजसेवी, बुद्विजीवी लगायतको उपस्थिती रहेको थियो । अधिवेशन त्रिरत्न समाजसेवा युवा क्लव मुसिकोट नगरपालिका १ पौदीअमराई गुल्मीका अध्यक्ष हरि बहादुर थापाको अध्यक्षता र सदस्य दुर्गा प्रसाद श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । अधिवेशनमा बोल्दै नव निर्वाचित अध्यक्ष सुवेदार मेजर विष्णु ध्वज खातीले सामाजिक रुपान्तरण सॅगै खेलकुद, कला, संस्कृतिको जगेर्ना गर्दै संस्थालाई अगाडि बढाउन आफनो कार्यकालमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए ।

कल्वले स्थानिय स्तरमा सामाजिक कृयाकलाप सॅगै विगत देखि नै ऋषिपञ्चमीमा ऐतिहॉसिक ऋषिपञ्चमी मेला समेत गर्दै आईरहेको छ । साविकको पौदीअमराई गा।वि।स वडा नं ४, ५ र ६ वडालाई कार्यक्षेत्र बनाएर काम सम्पादन गर्दै आईरहेको कल्वले विभिन्न समयमा जनचेतनामुलक कार्यक्रम, जुवातास, मदिरा सेवन न्यूनिकरण, गाउॅ टोल सरसफाई अभियान लगायतका कार्यहरु गर्दै आईरहेको नव निर्वाचित अध्यक्ष खातीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung