सन् १९५९ मे पहिलो पटक सत्तामा पुग्दा लिको एउटै उदेश्य थियो, सानो मन्त्रिपरिषद् र भ्रष्टाचार शुन्य सरकार बनाउने । संसारभरकै सरकारको समस्या सत्तामा पुगिसकेपछि पाउनुपर्ने सुविधा सबै उपभोग गर्ने र आफ्नो धरातल बिर्सिदिने हुने गर्दछ । सरकारमा पुग्नु भनेको आफुले विगतमा गरेका सबै दुखको ब्याज असुलउपर गर्ने प्रवृत्ति संसारका जुनसुकै व्यक्तिको हुन्छ । हिजो चप्पल लगाएर संघर्ष गर्ने, जेलमा हन्डर ठक्कर खानेहरु मन्त्री वा सांसद हुनेवित्तिकै आफ्ना अघिल्ला दुख बिर्सिने र जनतालाई भन्दा आफैलाई प्राथामिकता दिने कुरा नौलो होइन ।
कम्युनिस्टहरुमा समर्पण , बलिदान , स्वार्थरहिता र क्रान्तिकारी गुण देखेका लिले सरकारमा पुगिसकेपछि पनि त्यस्तै गुण राखिरहन आवश्यक देखे । अर्काे कुरा के थियो भने अघिल्लो सरकार यति भ्रष्ट थियो कि उसले जनताको दुखदर्द केही देख्दैनथ्यो । कम्तीमा आफु सरकारमा रहँदा त्यस्तो अवस्थालाई परिवर्तन गरिछाड्छु भन्ने उनको ध्येय थियो । त्यस्तै लन्डनमा पढ्दाताका चिनियाँ प्रजातन्त्रिक सरकारको भ्रष्टताका कारण जनतामा निराशा छाएको थियो र त्यो निराशा लन्डनमा छताछुल्ल भएर पोखिन्थ्यो । लिलाई के लाग्थ्यो भने मुख्यमुभिका चिनियाँहरु देखीदरिद्रीका रुपमा परिचित भ एभने देशबाहिरका चिनियाँ मुलका व्यक्तिले जतिसुकै ठुलो परिचय बनाए पनि जतिसुकै सुकिलामुकिल भए पनि हेपाइमा पर्छन् ।
उनले चीनमा परिर्वन ल्याउन नसके पनि आफ्नो राष्ट्र र जनतालाई गरिबीबाट त्राण दिन सके र आफ्नो जीवन बाँच्नुको सार हुन्थ्यो भन्ने लाग्थ्यो । त्यसैले विकास र भ्रष्टचारमाथि शुन्य सहनशीलतामा उनले जोड दिए । लिम यो होक सरकारका शिक्षा मन्त्री चिउ स्वि किले चुनावमा कम्युनिष्टविरुद्ध लड्नका लागि अमेरिकी १० लाख डलर लिएको घटनाबाट उनले पाठ पनि सिके ।
प्रधानमन्त्रीको शपथ लिँदा सेतो सर्ट र सेतो पाइन्ट लगाएर उनले सफइमा जोड दिए । पवित्रता र इमानदारिताको सुरुवात लवाइबाट हुन्छ भन्ने मान्यतामा जोड दिँदै उनले सबैलाई काम गराइमा पवित्रता र इमानदारितामा ध्यान दिन अन्य मन्त्रहरुलाई आदेश दिए । दस्उनको मन्त्रिमण्डलमा सबै विश्वविद्यालय टेकेका मन्त्रीहरु थिए , एक जनाबाहेक । उनले पनि त्यस्ता मन्त्रीहरु मात्रै छाने जसकी पत्नीले काम गरिरहेकी छन् , यसो गर्दा मन्त्रीले भ्रष्टाचार गर्नु पर्दैनथ्यो । लिको धारणा थियो , मन्त्रीहरु नै सफा भ एभने कर्मचारीहरु सफा हुन बाध्य हुन्थे , मन्त्रीहरु नै खुल्ला र छाडा भएभने अरुका लागि पनि खुल्ला र छाडा हुन बाटो खुल्छ । कम्युनिस्टहरुको सबैभन्दा ठुलो अचुक अस्त्र भनेको भ्रष्टाचारमाथिको प्रहार नै हुन्थ्यो । त्यो अस्त्र प्रहार गर्ने लिले बाटो दिएनन् ।
करवापत जम्मा भएको एक डलर पनि जनताको तल्लो तहमा पुग्नुपर्ने र बीचमा तर तर चाट्ने अवस्था नराख्न लिले विशेष पहल गरे । बढी भ्रष्टाचार हुने ठाउँमा स्वयं लिले चासोपुर्वक काम गराउँथे । यसो गर्दा भ्रष्टाचार हुने मुल नै सुक्थ्यो र मुल सुक्दा भ्रष्टाचार रोक्न , पहिचान गर्न र ध्वस्त पार्न मद्दत पुग्यो ।
भ्रष्टचार रोक्नका लागि सन् १९५२ ताका नै करप्ट प्राक्टिसेज इन्भेस्टिगेसन ब्युरो गठन गरिएको थियो । तर यो संस्थाले पहँचवालालाई केही नगर्ने र मध्यमवर्गका भ्रष्टाचारीलाई मात्र अँठ्याउने चलन थियो । प्रहरी , सरकारी कर्मचारीहरुमा यस्तो प्रबृत्ति बढ्ता देखिन्थ्यो । भ्रष्टाचार रोक्नका लागि १९६० मा नयाँ नीति पारित गरे र यो सिधा प्रधानमन्त्रीको मातहतमा रहेर काम गर्ने बनाइयो ।
यसपछि लिले सडक सडकमा प्रहरी र टोले दादाहरुलाई तिर्नुपर्ने पाँच दश डलरको रकममा हुने भ्रष्टाचारलाई केन्द्रित पारे । त्यति मात्र होइन, ठुला मन्त्रीहरुलाई पनि भ्रष्टाचारको मुद्दामा नाउँ पोलिनेवित्तिकै उनले कारबाही गरिहाल्थे । राष्ट्रिय विकास फे यु कोकजस्ता उनीसँग नजिक रहेका व्यक्तिहरुलाई पनि उनले क्रुरतापुर्वक कारवाही गरे , जेल हाले र देश निकाला गरे । अर्का मन्त्री तह चियाङ वानले त भ्रष्टचार मद्दामा मुछिएपछि आत्महत्या नै गरे ।
भ्रष्टाचारविरुद्ध लागिपर्ने निडर भएर काम गर्न लिले यति प्रोत्साहित गरे कि त्यसैको परिणाम आज पनि सिंगापुर संसारकै कम भ्रष्ट मुलुकमध्येमा पर्दछ । ट्रान्सपेरेन्सी इन्टरनेसनल नामक संस्थाले सिंगापुर संसारकै कम भ्रष्टाचार हुने दसौ मुलुकका रुपमा उल्लेख गरेको छ । हङकङ , जापान र चाइवानभन्दा निकै अगाडि सिंगापुरको नाउँ आउँछ ।
लिले आफ्नै आँखाले माओ त्से तुङ को चिनियाँ सांस्कृतिक क्रान्ति देखेका थिए । यो क्रान्तिताका कैयौले सफलताको कामना गर्दै आफ्नो सम्पत्ति दान गरेका थिए । कम्युनिस्ट पार्टीलाई । तर जसै सांस्कृतिक क्रान्ति सफल भयो , दानीहरु सबैभन्दा बेवकुफ ठहरिए । देङ स्याओ पिङले आर्थिक उन्नतिको बाटो समातेपछि पार्टीका कैयौ नेताहरुले ठुला कर्पाेरेसनलाई ठाउँ दिएवापत करोडौ रकम कुम्ल्याउने बाटो पाए ।
भियतनाममा पनि सन् ८० को दशकमा कम्युनिस्ट पार्टीकै माध्यमबाट विकासको नीति अँगाल्ने भन्दै ठुला कर्पाेरेसनहरुलाई भित्र्याउँदा हेर्दाहेदै कामरेडहरु करोडपपि बन्न पुगे । कम्युनिस्टहरुमा हुने जुझारुपन , कामप्रतिको लगनशीलता र जनताप्रतिको उत्तरदायित्व पैसा नदेखुञ्जेल मात्र हुँदोरहेछ भन्ने स्पष्ट चित्र लिले देखेकाले सरकारमा हेने जानेलार्य ठुलो खर्च गर्ने नपरोस् भन्ने चाहन्थे किनभने एकपटकको निर्वाचनमा जति खर्च हुन्छ , त्यो पैसा उठाउन सांसद वा मन्त्रीले कुनै न कैनै बाटो खोज्नुपर्छ
। त्यो भनेको भ्रष्टचार गर्नू नै हो । फेरि आफ्नो पैसा उठाएर मात्र भएन , पाँच वर्षपछि अर्काे चुनाव पनि जित्नैप¥यो । त्यसका लागि पनि पैसाको जोगाड त गर्नै प¥यो । सिंगापुरमा भोट हाल्नु अनिवार्य गरिएको छ । निर्वाचन अनिवार्य भइसकेपछि जनताले भोट हाल्नैपर्छ । भ्रष्टाचार गर्ने बाटो सुकाएपछि विपक्षीले लोभ्याउन सक्ने कुरै भएन । सत्तामा रहुञ्जेल सरकारले राम्रो काम गरेपछि सत्तापक्षीय पार्टीले पनि जनतालाई घुस्र ख्वाई भोट हाल भन्नुपरेन । एउटा चित्तबुझ्दो चक्रीय प्रणाली लिले बनाए ।
सुरुमा आफु प्रधानमन्त्री हँदा देशको अवस्थालाई मध्यनजर गर्दै कर्मचारीहरुको तलब घटाएका थिए । उनले आफ्नो तलब पनि घटाए र मन्त्रीहरुको पनि । जसै देशको विकासले गति लिन थाल्यो , कर्मचारीहरुको तलब आकर्षक तरिकाले बढाए । त्यसपछि मन्त्रीहरुको तलब बढाए । आफ्नो चाहि मासिक तलब ३ हजार पाँच सयमै सीमित राखे । समय क्रममा सिंगापुरका निजी कम्पनीमा काम गर्ने कामदारहरुको भन्दा मन्त्रीको तलब कम हुन थालेपछि उनीहरु बराबर पार्दा कनै फरक नपर्ने अवस्था पनि बनाए । उनले पछि स्वत तलब बढ्ने प्रणाली पनि विकास गरे ।
निजी क्षेत्रमा गज्जबले नाम र दाम कमाएको वकिल, चिकित्सकलाई सरकारी जागिरमा तान्दा कहिलेकाहि ठुलो मुल्य चुकाउनु परे पनि चुकाउने नीति पनि ल्याए । यस्तो हुँदा कहिलेकाहि न्यायाधीश भन्दा बकिलको तलब बढी हुन जान्थ्यो । तर उसलाई ल्याएपछि जनु परिणाम आउँद , त्यसले सम्पुर्ण सिस्टममा नै सरकारात्मक प्रवाभ पार्छ । यस्तो परिणाम ल्याउने कुरा प्रयोग गर्न लिले कहिल्यै कञ्जुस्याइँ गरेनन् । देशभित्र सम्पत्ति ओइरिएका बेला मन्त्रीहरु सरकारी कर्मचारीको तलब बढ्ने कुरामा जति ध्यान दिइन्थ्यो उति नै आर्थिक संकटका बेला तलब घटाउने कुरामा पनि उत्तिकै सक्रिय भएर लि लागेका छन् । सन् १९९७ ताकाको आर्थिक संकटका बेला सबै मन्त्री , ठुला कर्मतारीहरुको तलब स्वातै घटेको उदाहरण सिंगापुरमै मात्र देख्न सकिन्थ्यो ।
सन् १९९० मा लि क्वान युले प्रधानमन्त्री पद छाडेपछि लिकी पत्नी चुले मन्त्रीहरुलाई प्रभावमा पारी आफु र उपप्रधानमन्त्री रहेका छोराका नाउँमा दुइवटा महँगो घर खरिद गर्दा १ लाख डलर बराबरको छुट लिएको भनी विपक्षीले ठुलो हल्ला मच्चाए । विदेशी अखबारमा लिको उछित्तो काढ्ने यो सही मौका थियो । तर लिले तिनीहर सबैको मुख बन्द गरिदिए किनभने जुन छुट दिएको थियो ,त्यो छुट कानुनबमोजिम नै थियो । अर्काेतर्फ १ लाख डलरको जुन छुट पाएका थिए , त्यो बराबर दान पनि गरिदिए । यतिले पनि चित्त नबुझेपछि लिले संसदमा यो विषयमा छलफल चलाए । छलफलमा विपक्षीहरुले पनि लिको दोष पाएनन् ।
लिले पछि भनेका छन् , मैले यो कुरा संसदमा छलफल नचलाएको भए अर्काे चुनावमा विपक्षीहरुका लागि ठुलो मसला हुने थियो र हाम्रो उछित्तो काढिने थियो । जथाभावी थुक्नु अम प्रचलन हो तर लिले यसलाई रोक्न अभियान नै सुरु गरे । हेर्दा सानो लाग्ने यस्ता अभियानबाट मानिसहरुको मन जित्ने कला पक्कै पनि अनुसरणीय छ । सन् १९६० मै उनले जनतालाई जथाभावी नथुक्नु टेलिभिजनबाट सिकाए । थुक्नु त्यसै पनि राम्रो कुरा होइन, अर्काे चाहिँ यसले क्षयरोग जस्ता सरुवा रोगहरु सार्ने सम्भावना बढी हुन्थ्यो ।
जथाभावी थुक्नु अशोभनीय भएकाले पछिसम्म सार्वजनिक स्थलमा थुक्नुलाई अपराधकै कोटीमा राखेकाले अहिले सिंगापुरमा जथाभावी थुक्ने वानी हरइसहेको छ । हुन पनि ठुला भौतिक संरचना बनाउन सकिन्छ तर मानिसको खराब आचरणलाई असलमा परिवर्तन गर्न त्यति सजिलो छैन । प्याच्च बोल्ने , नमिठो बोल्ने , चर्काे बोलने बानीलाई बदल्न पनि कम गाह्रो छैन । सडकछेउका स साना होटलले उत्सर्जन गर्ने फोहोरलाई जथाभावी छाडनेजस्ता साना कुरालाई पनि उनले चासोपुर्वक नियन्त्रणमा लिए ।
लिले भनका छन् थुक्ने जस्तो स्वाभाविक बानीलाई हामीले केही वर्षभित्रै नियन्त्रण गर्न सिक्यौ भने यस्ता कैयौ खराब बानीलाई सुधार्न सक्छौ भन्ने लागेर कतिपय अभियान सुरु गरियो र तिनले राम्रो परिणम पनि ल्याए । सरकारमा जानेवित्तिकै उनले क्लिन एन्ड ग्रिन सिंगापुरको अभियान चलाए । कतिलाई झुप्राबाट राम्रा भवनमा पनि सारे । तर लागेको बानी कहिल्यै सुध्रिदैन भनेजस्तै राम्रा भवनमा सारिए पनि मानिसले अपार्टमेन्टभित्रै सुँगुर, कुखुरापालनजस्ता क्रियाकलापले उनलाई हाँस उठाउँथ्यो ।
सडकमा गाईवस्तुहरु असरल्ल रल्लिरहेका हुन्थे । एकपटक सहरकै चर्चित वकिलले सडकमा हिँडिरहेको गाईलाई ठक्कर दिएर मारेपछि दँगा नै होलाजस्तो अवस्था आएको थियो । गाई मात्र होइन, बाख्रा , सँुगुर पनि सडकमा चेतावनी दिए , आफ्ना चौपायालाई नियन्त्रण गरेनौ भने प्रहरीले तिनलाई पक्रेर काट्नेछ र तिनको मासु खानेलाई सित्तैमा बाँडिनेछ । तर पनि केहिले मानेनन् । यसपछि ५३ गाई पक्राउ गरी काटियो र तिनको मासु बाँडियो । त्यस्तै कति बाख्रा र सँुगुर पनि सरकारले कब्जामा लियो । यसलगत्तै गाई , बाख्रा र सुँगुरहरु आफ्नो ठाँउमा थान्को लाग्न थाले ।
उनले हरियाली अभियान सुरु गर्दा मानिसहरु हाँस्थे र भन्थे , अहिले रोपिएका विरुवाहरु केही दिनपछि मर्छन् अनि कतिले उखेलिदिन्छन् । नभन्दै केही विरुवाहरु मेर र कति त जनताले नै उखेलिदिए । एकजना डाक्टरले त सडकमा रोपिएका महँगा , कतै नपाइने विरुवालाई उखेलेर आफ्नै घरमा रोपे तर त्यस्ता घटना सीमित थिए र अधिकांश बचेखुचेका रुखहरु बढ्दै जाँदा सहरमा ती वर्गका प्रतीक बन्न थाले । अर्काेतर्फ सफाइ अभियानका कारण अति फोहोर गल्ली पनि हेर्दा चिटिक्कको देखिन थाल्यो । यस्तो सफाइ अभियान उनले राम्रा गल्लीदेखि उपेक्षित गल्लीसम्मलाई ध्यानमा राखेका थिए । सफाइ हुनुअघिको गल्ली र सफाइपछिको गल्लीको चार्ट बनाएर सर्वसाधरणलाई परिवर्तनको अनुभव गराउँथे ।
सन् १९७१ सम्म प्रशस्त रोजगारी सिर्जना हुन थालेपछि मानिसहरु आफै सरसफाइमा चासो राख्न थाले त्यसमाथि सानो इकाइसम्म अगुवाहरुले सरसफाइमा ध्यान दिन थाले । दुई दुईवटा जातिय दंगा चर्किदाको अवस्थामा अनुशासन र नियमकानुनलाई धोती लाइदिने परम्परा सुरु भएको थियो । तर अकस्मात् देशले विकासको गति लिन थालेपछि मानिसले अुनशासन सुरु भयो ।
पछि कैयौ विदेशी नेताहर भ्रमणमा आउँदा सहरको हरियालीबाट ज्यादै प्रभावित भए । हङकङले त लिको अभियानबाट प्रभावित भएर फोहोरविरुद्धको अभियान नै सुरु ग¥यो । यस्तै सन् १९७१ को जनवरीमा कमनवेल्थ देशहरुको सम्मेलनको क्रममा सर्वसाधारणलाई कसरी अतिथिहरुसँग व्यवहार गर्ने भन्ने सिकाए । सँगैमा उनले के पनि सिकाए भने आउने अतिथिहरुलाई मात्र सम्मान गर्ने होइन , आफ्नै दाजुभाइ आफ्नै देशका नागरिकमाथि पनि उत्तिकै सम्मानपुर्ण व्यवहार गर । हामीले हामी आफैलाई सम्मान नगरेसम्म अरुलाई सम्मान गर्न आउँदैन गरे पनि त्यो कृतिम हुन्छ ।
सिंगापुरको हरियालीबाट प्रभावित भएर मलेसियाका प्रधानमन्त्री डा महाथिर मोहम्मदले क्वालालम्पुरलाई हरियालीयुक्त सहर बनाए । जकार्तालाई पनि राष्ट्रपति सुकार्ताे र फिलिपिन्सका मार्काेसले मनिल र थाइल्याण्डको राजधानी बैंककलाई प्रधानमन्त्री थानिनले हरियो बनाए । लि क्वान युले भनेका छन् , प्रतिस्पर्धा ज्यादै खतरनाक हुन्छ तर हरियाली बनाउने प्रतिस्पर्धा चाहि सबैभन्दा राम्रो प्रतिस्पर्धा बन्यो ।
तर यसरी हरियाली छाउनका लागि उनले उपयुक्र पात्र पनि छनोट गरे । उनले मलय मुलका वङ यु क्वानलाई यसको जिम्मा दिए । उनी विरुवामा साखिन थिए । उनले मलेसियामा छँदा ठुलो व्यवसायिक बगँैचामा काम गरिसकेका थिए । उनले सडक किनारका हरेक विरुवालाई उत्तिकै माया गर्थे । त्यसमाथि हरेक दिन लि क्वान युले उनलाई लामो सुचि थमाइदिन्थे , के के गर्ने र के के नगर्ने भनेर । उनीपछि कृषि विज्ञ चुवा सियान इङ हरियाली प्रमुख बनाइए । उनी झन् यसमा पोख्त थिए । लिले पछि भनेका छन् सबैभन्दा सस्तोमा मानिसको मनमा सकारात्मक प्रभाव पार्ने तरिका हरियाली नै रहेछ भन्ने पछि मैले बुझेँ ।
उनको सफाइ अभियानको अर्काे ठुलो सफलता सिंगापुर नदी र रोचोर नहरमा भएका फोहोरलाई नमिट्यान्न पार्नुमा थियो । ती दुवै नदी र नहरमा औद्योगिक फोहोर बग्थ्यो । त्यहीँ किनारमा सँुगुरका खोर थिए । कसैकसैले छेउमा माछा पोखरी पनि बनाएका थिए । ति सबैलाई ठाँउ सारिदिएर नदी कनार सफाइ अभियान सुरु गरे । ठाँउ सार्नु कम्ता कठिन काम थिएन । नयाँ ठाँउ कतिपयका लागि उपयुक्त पनि थिएन । तर सरकारी नियम लागु भएपछि नमानी धर हुन्थेन । २० वर्षे लामो सफाइ अभियानपछि मात्रै नहर र नदी सफाइ अभियान सफल भएको थियो । कतिसम् मभने नदी र नहरको छेउमा मानिसहरुका लागि आवश्यक पर्ने वालुवा इन्डोनेसियाबाट किनेर भए पनि ल्याए ।
अहिले त्यहाँ देशविदेशका पर्यटकहरु नही र नहर छेउका बालुवामा जिउ सेकाउँदै पौडी खेल्ने गर्छन् । यसले व्यवसायको अर्काे ढोका पनि खोल्यो । ती मानिसहरुलाई आवश्यक पर्ने चियाइ खाजा वियर आदिको व्यवस्था गर्न स–साना रेष्टुराँको व्षार मज्जाले चम्मेको छ ।
यस्तै कृषिमा आधुनिकीकरण ल्याउन कतिपय कृषिकर्म गरेका , गाईपालन , पशुपालन गरिरहेकाहरुको सानो समुह भएकाले यसलाई बृहत्स्तरमा सरकारी तवरबाटै ठुलो उद्यम खडा गर्न कतिपयको बारी , गोठ र तिका गाईवस्तु नै सरकारले नियन्त्रणमा लियो । तिनलाई गाँउभनदा गतिलो बस्ने ठाँउ दियो । सबै सुविधानले युक्त बनाइदियो । तर तिनले आफ्ना पशुलाई यति माया गरेका थिए , तिनले हरेक निर्वाचनमा पिएपीविरुद्ध भोट खसालेर आफ्नो रिस मत्थन पारे ।
कसैले कुनै फ्याक्ट्री स्थापना गर्छ भने उसले आफ्नो वरिवपरिको वातावरणलाई हरियालीयुक्त बनाउनैपर्ने नियम लगाइदिए । त्यस्तै मानिससँग धन बढ्दै जाँदा उसको सोख पनि बढ्दै जान्छ । खासगरी गाडीमा सहरियाहरुको विशेष लगाव हुन्छ भन्ने बुझेका उनले गाडी चढ्न चाहनेले एन्टी पोल्युसन युनिटबाट गाडीले फ्याँकने धुँवाको फोहोरमापन नगरी चलाउन नपाउने बनाइदिए । उनले गाडीले बजाउने हर्नमा समेत सीमितता लगाइदिए ।
चिनियाँ नयाँ वर्षलाई धुमधामका साथ मनाउन पटाका पड्काउनेजस्ता काम गरिन्थ्यो , उनले यसलाई बन्द गरिदिए । खासगरी त्यस्ता पटाकाले बालबालिकाको स्वास्थ्यलाई असर गर्ने , कहिलेकाहि त्यसको दरुपयोगले मानिसलाई चोटपटक लगाउने भएकाले यसलाई बन्द गर्नु अनिवार्य भइसकेको थियो । त्यसो त यसको ठुलो विरोध नभएको होइन । कतिले त यस्तो कार्य रोक्ने अनुरोध गर्ने प्रहरीलाई आक्रमण पनि नगरेका होइनन् तर जनजीवनलाई ख्याल राख्दै अव्यवहारिक र मानिसलाई हानि पु¥याउने परम्परालार्इू उनले कडाइका साथ रोके ।
हजारौ वर्षको इतिहास नभए पनि सयौ वर्ष पुराना घर, चर्च , मन्दिरलाई पुराना पुस्ताले हेर्नुपर्ने ठहर गरी तिनको संरक्षणमा पनि उनले अभियान चलाए । कतिपय पुराना घरहरुलाई संरक्षण गरियो । सार्वजनिक स्थालमा चुरोट पिउन क्रमश प्रतिबन्ध लगाए । यसको सफल परीक्षणलाई देखेर अन्य देशले पनि क्रमश लागु गरे ।
सन् १९८३ ताका उनको सरकारमा चुइङ्म प्रविबन्ध लगाउने कुरा उठेको थियो । यसलाई उनले उति ध्यान दिएका थिएनन् । तर पछि स्कुल, कलेज, रेल, बस जताततैका सिटमा टाँसिने र अरुका लुगा विर्गाने यस्तो प्रवृत्तिलाई अन्त्य गर्न उनले प्रतिबन्ध लगाउने कुरालाई स्वीकृति दिए । पश्चिमा मिडियाले यसलाई खिल्ली उडाउँदै न्यानी स्टेट अर्थात् जनतालाई बच्चाजस्तो व्यवहार गर्ने देशका रुपमा खिल्ली उडाए । तर लिले आफ्नो आत्मकथामा लेखेका छन् , सर्वसाधारणको हितका लागि हामीललाई त्यसो भन्छन् भने म गर्वका साथ त्यो स्वीकार गर्छु ।



















































































































































































































