ताराखोला गाउँपालिकाको अध्यक्ष प्रकाश धर्तीलाई सुप्रबल जनसेवा श्री बाट सम्मानित गरिने भएको छ ।संविधान दिवशको दिन उक्त विभुषणको घोषणा भएको हो ।धर्तीलाई उक्त विभुषण राष्ट्रपति विघादेवी भण्डारीबाट प्रदान गरिने छ ।
विभुषणबाट सम्मानित हुन लागेका धर्तीले नया विश्वलाई भने यो विभुषणबाट सम्मानित हुृन लाग्दा थप जिम्मेवारी बढेको महसुस गरेको छु ।यो सम्मान सम्पुर्ण गलकोटवासि र ताराखोलाको जनताको लागि हो ।
गाउको सर्वसाधारण जनताको जीवनस्तर माथि उठाउने गम्भिर चुनौतिदेखि नवयुवाको बदलिदो आंकाक्ष पुरा गर्नेसम्मको दायित्व हाम्रो काढमा छ ।सबैको सहयोगमा विकासको आधारभुत जग बसेको नया ताराखोला दिन सके मात्र यो सम्मानको अर्थ रहन्छ धर्तीले भने ।
त्यसै गरी पत्रकार उजिर मगर पनि प्रबल जनसेवा श्री बाट सम्मानित हुने भएको छ ।नेपाल पत्रकार महासंघका पुर्व महासचिव मगर बागलुडके ढोरपाटन नगरपालिकामा जन्मिएका हुन ।विस २०३३ सालमा ढोरपाटन नगरपालिका वडा नं ४ को लुकुरवन ,खुगांमा जन्मिएका मगरले विस २०५१ सालमा भारतबाट प्रकाशित नेपाली एकता मासिक पत्रिकाबाट आफनो पत्रकारिता शुरु गरेका थिए ।
त्यसपछि विस २०५३ सालमा हांक साप्ताहिकमा काम गरे ।कान्तिपुर दैनिकमा २०५६ सालदेखि २०६४ सालसम्म काम गरेका मगरले विुस २०६५ सालदेखि नागरिक दैनिकमा काम गरे।मगरले अंश नामको चर्चित संस्मरणत्मक पुस्तक बजारमा ल्याएर पाठकको मन जितेका थिए ।



















































































































































































































