नबसृजना युवा क्ल्व ताराखोला गाउँ पालिका ४ ताराको १५ औं साधारणसभा तथा पाचौं अधिबेशन आज सम्पन्न भएको छ । अधिबेशन ले पुनः पूर्णभद्र निउरेको अध्यक्षतामा १५ सदस्यिय कार्यसमिति सर्व सम्मत चयन गरेको छ ।
समितिको प्रथम उपाध्यक्षमा धनबहादुर घर्ती , दिर्तीय उपाध्यक्षमा एम बि रोका , सचिबमा भिमा रोका , कोषाध्यक्षमा जि एम जितु र सहसचिब मा मनबहादुर घर्ती निर्बिरोध निर्वाचित भएका छ्न । त्यसैगरी खेलकुद संयोजकमा टकेन्द्र घर्ती , सास्कृतिक संयोजकमा गोबिन घर्ती र सदस्य हरुमा भबिन्द्र रोका, लक्ष्मि खत्री , निर्मला घर्ती, कोखबहादुर रोका , नवीन घर्ती, टीका भण्डारी चयन भएका छ्न ।
सोही अबसरमा नरेश केसिको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ। सदस्यहरुमा धनबहादुर खत्री,भिम प्रसाद पुन , सरबहादुर घर्ती र ज्ञानि थापा रहनु भएको छ ।
सचिव एम बि रोकाले प्रस्तुत गरेको आर्थिक बर्ष ७४र७५ को वार्षिक प्रगति प्रतिबेदन , कोषाध्यक्ष जि एम जितुले प्रस्तुत गरेको १७ लाख ९१ हजार ५ सय बत्तिस बराबरको आर्थिक प्रतिबेदन र अध्यक्ष पूर्णभद्र निउरेले प्रस्तुत गरेको भाबी कार्य योजना सर्बसम्मत रुपमा पारित भएको थियो ।
अधिबेशनको उदघाटनपछि बोल्दै नेकपाका जिल्ला सचिवालय सदस्य धनबहादुर खत्रीले क्लबले सामाजिक सेवा र विकृति बिसङ्गती अन्त्यका लागि खेलेको भुमिका प्रशंसनिय रहेको बताउनु भयो ।
कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष धन बहादुर घर्ती, महिला संजाल वडा न ४ कि अध्यक्ष तुलमाया निउरे, युवा बर्ष प्राबि ताराका बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष गोबिन्द लाल घर्ती र सृजनशिल महिला समूहकी अध्यक्ष ज्ञानि थापा ले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यसमितिको पहिलो बैठकले क्लव को १५ औ वार्षिकोत्सब आगामी कार्तिक १६ देखि २१ सम्म विविध प्रतियोगितात्मक खेलकुद तथा सास्कृतिक कार्यक्रमका साथ मनाउने निर्णय गरेको छ । साधारणसभा क्लबका अध्यक्ष पूर्ण भद्र निउरेको अध्यक्षता, सदस्य मन बहादुर घर्तीको स्वागत र दितीय उपाध्यक्ष भिमा रोकाको संचालनमा सम्पन्न भएको थियो ।



















































































































































































































