नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुणदल ढोरपाटन नगरकमिटी द्धारा
तुरतुरे पहिरोका कारण पानिको ताल जमेर घरबंगाला दुवानमा परेका पिडित
परिवारलाई एक कार्यक्रमका बिच शनिबार राहत हस्तान्तरण गरेको छ ।
गत भाद्र २९ गते रातिको तुरतुरेको सुख्खा पहिरोका कारण दुई घर, गोठ
र गोठमा रहेका गोरु समेत दुवानमा परेका स्थानिय चार घरपरिवारलाई राहत
स्वरुप नेवपाल तरुणदल ढोरपाटन नगर कमिटीद्धारा खाध्यन्ह लगाएतका सामाग्रि
हस्तान्रतण गरेको छ ।
नेपाल तरुणदल ढोरपाटन नगर सम्योजक मदन गौचनको अध्यक्षतामा आयोजित
कार्यक्रममा पिडितहरुलाई प्रति परिवार एक ÷एक बोरा चामल, एक एक कार्टुन
चाउचाउ, बिस्कुट, नुन सहितका खाध्य सामाग्रि हस्तान्तरण गरीएको थियो ।
त्यस्तै सोहि कार्यक्रमका अवसरमा नेपाली कांग्रेसका युवा नेताहरु जित शेरचन र
अर्जुन शेरचनद्धारा छुत्टाछुत्टै प्रति परिवार नगद ३÷३ हजार रुपैयाका दरले
व्यातिmगत राहत सहयोग गरेका हुन् ।
सोहि कार्यक्रमका अवसरमा रेडक्रस उपसाखा बुर्तिबाङले समेत घटना स्थलमा पुगेर
राहत हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस उपसाखा बुर्तिबाङका संयोजक
मेशलाल सर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा पिडित चार घरपरिवारलाई एक
÷एक सेट भांडाकुंडा, कम्बल, त्रिपाल, स्टेशनरी सामाग्रि र बाल्टी हस्तान्तरण
गरीएको थियो । त्यसैगरी नेपाल महिलासंघ द्धारा पिडित परिवारलाई लत्ताकपडा
हस्तान्तरण गरीएको बताईएको छ ।
आयोजित कार्यक्रमका अवसरमा नेपाली कांग्रेस क्षेत्र नं २ सभापति एवम नेपाल
चम्ेबर अफ कर्मस बागलुङका अध्यक्ष दोर्णकुमार कुवंर, नेपाली कांग्रेस
महादिवेशन प्रतिनीधि जित शेरचन, पूर्व महादिवेशन प्रतिनीधि अर्जुन शेरचन,
महिला संघका क्षेत्रिय एवम केन्द्रिय प्रतिनीधिहरु, नेपाली कांग्रेसका नेता
कार्यक्रता, रेडक्रस सोसाईटी उपसाखा बुर्तिबाङका पदादिकारी, पत्रकार लगाएतको
सहभागिता रहेको आयोजित कार्यक्रम रेडक्रसको तर्फदेखि सचिव पुरन पाण्डे र
नेपाल तरुणदलको तर्फदेखि बुद्ध बिश्वकर्माले कार्यक्रमको सञ्चालन गरेका थिए ।



















































































































































































































