१२ कार्तिक २०८३, बुधबार

 

नयाँविश्व पत्रकारिता पुरस्कार २०७५ पत्रकार दिलिप पौडेललाई

पत्रकार दिलिप पौडेललाई नयाँ विश्व पत्रकारिता पुरस्कार २०७५ प्रदान गर्ने घोषणा भएको छ । नागरिक सञ्चार प्रालिद्धारा सञ्चालित नयाँ विश्व डट कम अनलाईनको पहिलो वार्षिकोत्सवको अवसरमा पौडेललाई नयाँविश्व पत्रकारिता पुरस्कार प्रदान तथा सम्मान गरिने जानकारी गराइएको थियो ।

कार्यव्यस्थताले पुरस्कार लिन उपस्थित हुन नसकेपछि पत्रकार पौडेललाई नया विश्वले आयोजन गर्ने अर्को कार्यबmममा पुरस्कार वितरण गरिने नागरिक संचार प्रालिका कार्यवाहाक अध्यक्ष सुवाशचन्द्र राजभण्डारीले बताए ।

नेपालको पत्रकारिता क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गरी पाठकको मन जित्दै जोखिम मोल्दै परिश्रमी पत्रकारको रुपमा परिचित पौडेल भष्ट्रचार नियन्त्रण र सुशासनको पक्षमा कलम चलाउँदै आएका छन । पौडेलले आम नागरिकको पक्षमा पु¥याएको अतुलनिय योगदानको कदर स्वरुप पुरस्कार प्रदान गर्न लागिएको नयाँ अनलाईनका कार्यकारी सम्पादन मुकेशचन्द्र राजभण्डारीले बताए ।

प्रालिले प्रत्येक वर्प विशेप महत्व राख्ने गरी जनताको पक्षमा कलम चालउने पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । पुरस्कार स्थापना भएको पहिलो वर्ष पौडेललाई दिने निर्णय भएको सम्पादक निर्मल बहादुर श्रेष्ठले जानकारी दिए ।

बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा जन्मिएका पौडेल एक दशक भन्दा पहिले बाट पत्रकारितामा क्रियाशिल छन । विस २०६३ सालमा सयपत्री एफएम रेडियोबाट पत्रकारिता सुरु गरेका पौडेले मुक्तिक्षेत्र दैनिकमा कार्यकारी सम्पादकको रुपमा पनि कार्यरत थिए ।बागलुङबाट आफ्नो पत्रकारीता सुरु गरेका पौडेलल विस २०७२ सालदेखि नागरिक दैनिकमा कार्यरत रहेका छन ।

२०७४ साल साउन २ गते नागरिक दैनिकमा डेढ अरवको जग्गा खरिदमा ६७ करोडको घोटला शिर्षकको समाचार ब्रेक गरेका पौडेलकाको समाचार कारण आयल निगमका प्रमुखले २०७५ साउनमा पद छोड्न बाध्य भएका थिए । पौडेल नेपाल पत्रकार महासंघ बागलुङका पुर्व उपाध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य हुन । आम पाठक विच उनि एक शसक्त र निडर पत्रकारको रुपमा परिचित रहेका छन । पौडेललाई नगर पाँच हजार र सम्मान पत्र प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung