१२ कार्तिक २०८३, बुधबार

 

तमानखोलामा बालकद्धारा झुण्डिएर आत्महत्या

बागलुङको तमानखोला गांउपालिकामा एक बालकले रुखमा झुण्डिएर आत्महत्या गरेका छन् । तमानखोला गांउपालिका वडा नं १ बोङगादोभानभालिवाङ स्थित भिमलाल रोकाका १३ बर्षिय छोरा तेजिन्द्र रोकाले आफुलेलगाएको टिर्सटले रुखमा झुण्डिएर आत्महत्या गरेको बताईएको छ ।

म्याग्दीदेखि आफनो घरमा आएका मावलतर्फका हजुर बाबा–आमालाई घर फर्कनेक्रममा केहि परसम्म पुर्याएर खरबारीमा घांस काटि फर्कन्छु भनि हंसिया लिएरहिंडेका रोका रातको ११ ः३० बजेको समयमा घर फिर्ता नहुंदा खोज्ने क्रममास्थानीय उठविर बिकले बालक रुखमा झुण्डीएकोअवस्थामा फेला पारेसंगै प्रहरीमाखवर गरेका थिए ।

घटना थाहा पाए लगत्तै प्रहरी टोलीले घटनाको अनुसन्धान गरी बुर्तिबाङप्राथमिक स्वास्थ्य केन्द्रमा पोष्ट मार्टम गरीएको र बालकले के कति कारणलेआत्महत्या गरेको हो भन्ने बिषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक ओमप्रकाश यादबले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung