नेपाल प्रेस युनियन बागलुङको १५ औ साधारणसभा तथा सातौ अधिबेशन बागलुङ सदरमुकाममा सम्पन्न भयो ।नेपाली काङ्ग्रेसका केन्द्रीय नेता अर्जुननरसिंह केसी लोकतन्त्र र पत्रकारिता एक आपसमा सम्बन्ध रहेको हुदा यो एकबाट अलग हुन नसक्ने बताए ।लोकतन्त्र माथि चुनौति आयो भने त्यसको प्रभाव पत्रकारितामा पर्ने हुदा सबै पत्रकार संघ संस्था एकजुट हुनुपर्ने केसीले भने ।
नेपाल प्रेस युनियन बागलुङको सातौ अधिबेशनको शनिबार बागलुङको उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य केसीले अहिले नेपालमा फोटो खिच्न समेत बन्देज लगाउने जुन कानुन ल्याएको छ यसले विधिको शासन माथि र प्रेस स्वतन्त्रता माथि हस्तक्षेप भएको धारणा राखेका थिए ।
नेपालको जति पनि राजनीति परिवर्तन भए त्यसको नेतृत्व सबै नेपाली काङ्ग्रेसले गरेको हुदा नेपालको लोकतन्त्र मात्रै नेपाली काङ्ग्रेसले मात्रै गर्न सक्ने नेता केसीले भने ।पत्रकारहरू शक्ताको पछि हैन सत्यको पछाडि लाग्नुपर्ने नेता केसीले भने ।अहिले जतिसुकै दुई तिहाइको जगजगी चलिरहेको छ अहिले अदालतमा समेत त्यसको प्रभाव परिसकेको हुदा अब लोकतन्त्र 
खतरामा परिसकेको उनले बताए ।
अहिले जतिसुकै कर बढेर गएको छ नेपाली जनतालाई करको भारी बोकाउने बर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलिको नाम परिवर्तन गरेर कर प्रसाद ओलि राख्नुपर्ने प्रस्ताव केसीले राखेका थिए ।नेपाल प्रेस युनियन बागलुङले स्थापना गरेको नारायण मानकुमारी स्मृति पत्रकारिता पुरस्कारबाट क्यापिटल मासिकका पत्रकार प्रकट कुमार शिशिर धौलागरि टेलिभिजनका पत्रकार उषा पौडेल एपि र तारादेवी चूर्णमान सिंह प्रेस युनियन पत्रकारिता पुरस्कारबाट एपि वान टेलिभिजनका पत्रकार मोहराज शर्मालाई नगद प्रमाणपत्र र दोसल्लाबाट सम्मान गरिएको थियो ।अध्यक्षको रुपमा राम्रो काम गरेको भनेर नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष नरेश कडेललाई सम्मान गरिएको छ ।
कार्यक्रममा नेपाल प्रेस युनियनका पुर्व अध्यक्ष दुर्गा दत्त आचार्यले नेपाल ट्रेड युनियन काङ्ग्रेसका केन्द्रीय सदस्य भएको भन्दै युनियनले सम्मान गरेको थियो ।
पत्रकार प्रकट कुमार शिशिरले आफुले प्राप्त गरेको पुरस्कार रकमबाट पाच हजार पत्रकार विजय राना र नेपाल पत्रकार महासंघ बागलुडको भवन निर्माणको लागि पाच हजार हस्तान्तरण गरेका छन ।त्यसै गरी प्रेस युनियन बागलुडले पत्रकार विजय विजय रानाको स्वास्थ्य उपचारको लागि १५ हजार सहयोग प्रदान गरेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघको सचिव राम थापा अविरल , नेपाल प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश पौडेल , पुर्व अध्यक्ष जगन्नाथ आचार्य ,नेपाली काङ्ग्रेसका सभापति दिपेन्द्र थापा , नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दिलिप पौडेल ,नेपाल ट्रेड युनियन काङ्ग्रेसका केन्द्रीय सदस्य दुर्गा दत्त आचार्य,नया विश्व डटकमका कार्यकारी सम्पादकमुकेश चन्द्र राजभण्डारी, नेपाली काङ्ग्रेसका पुर्व जिल्ला सभापति प्रकाश पौडेल,प्रेस युनियनका प्रदेश संयोजक टंक अधिकारी, सांसद मणिभद्र शर्मा कडेल लगायतका बक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभाको अध्यक्षता नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष नरेश कडेल स्वागत उपाध्यक्ष प्रदिप पन्त र संचालन सचिव संगम घर्तीले गरेका थिए ।



















































































































































































































