१२ कार्तिक २०८३, बुधबार

 

प्रेस युनियन बागलुडको अध्यक्षमा पन्त

प्रेस युनियन बागलुडको अध्यक्षमा प्रदिप पन्त सर्वसम्मत चयन भएको छ । प्रेस युनियनको सातौं जिल्ला अधिवेशन तथा १५ औं साधारणसभाले पन्तको नेतृत्वमा १५ सदस्यिय कार्य समिति निर्माण गरेको निर्वतमान अध्यक्ष नरेश कडेलले जानकारी दिए ।

समितिको उपाध्यक्षमा सुवाश आचार्य , संगम धर्ती सचिवमा नारायण रिजाल ,सहसचिवमा सविना अधिकारी ,कोषाध्यक्षमा जेनिसा नायर र सदस्यहरुमा सुमन जिसी ,छविलाल पाण्डेय ,चन्द्रमणि ,नवराज नेपाली ,सुरेश छन्त्याल, जयन्द्र सापकोटा ,शर्मिला बस्नेत ,निर्मला केसी ,सुरक्षा खडुका र परविना रोका रहेको छ । सातौं अधिवेशनले १५ सदस्यिय प्रदेश प्रतिनिधि र १५ सदस्यिय केन्द्रीय प्रतिनिधि छनौट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung