७ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा १० बर्षिय बालकलाई प्रहरीले पक्राउ गरेको छ । असोज २ गते प्रहरीले पर्वतको जलजला गाउँपालिका १० बर्षिय बालकलाई पक्राउ गरेको हो ।
अभिभावकको उजुरीका आधारमा प्रहरीले सोही दिन साँझ पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले जबर्जस्ती करणी मुद्धा अन्तर्गत उजुरी दर्ता गरी पर्वत जिल्ला अदालतबाट म्याद थपि अनुसन्धान अघि बढिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
प्रहरीले बालकलाई अभिभावकको संरक्षणमा निगरानीमा रहने गरी घर पठाएको छ । त्यस्तै पर्वतमै जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्रेको छ । कुश्मा नगरपालिका– २ का २० बर्षीय विनोद नेपालीलाई प्रहरीले पक्रेको हो ।
प्रहरीका अनुसार एक १३ वर्षीया बालिकालाई घरमा सुतिरहेको अवस्थामा मुख थुनी जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको बताएको छ । नेपालीलाई पर्वत जिल्ला अदालतवाट ५ दिनका लागि म्याद थप गरि पुन अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त घटना भदौ २७ गते मंगलवार भएको प्रहरीले जनाएको छ । पीडित पक्षबाट ढिलो प्रहरीमा उजुरी आएकाले अभियुक्त पक्रिन ढिलो भएको प्रहरीले जनाएको छ ।



















































































































































































































