संघिय सांसद ज्ञानकुमारी छन्त्यालद्धारा पश्चिम बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गांउपालिकामा बाढी, पहिरो, तथा नदिका कारण दुवानमा परेका ५१ घरपरिवारलाई एक कार्यक्रमका बिच मंगलबार राहत वितरण गरेका छन् । विपदको समयमा आफु अस्वथ भएका कारण पिडित सामु आउन नसकेको स्मरण गर्दै साँसद छन्त्यालले आफनो सक्रियतामा नेपाली कांग्रेसबाट बिजयी साँसद तथा सहयोगी दाताहरुबाट संकलित १ लाख ४६ हजार रुपैया रकम राहत स्वरुप वितरण गरेका हुन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिती एंव संघिय साँसद ज्ञानकुमारी छन्त्यालको आयोजनामा बुर्तिबाङमा एक कार्यक्रम सहित उतm राहत रकम पिडित परिवारलाई हस्तान्तरण गरीएको थियो । उतm अवसरमा पहिरोका कारण ज्यान गुमाएका निसीखोला गांउपालिका ३ का धनकुमारी शाहि र डल्ली शाहिका परिवार मान बहादुर शाहिलाई नगद रु १० हजार, तुरतुरे पहिरोका कारण घर तथा पशु चौपायां सहित गोठ दुवानमा परेका ढोरपाटन नगरपालिका २ सिमलचौरका कृष्ण कुमाल, देविराम कुमाल, चुडाबहादुर कुमाल सहित बुर्तिबाङको बतासे खोलामा आएको बाढि तथा पहिरोका कारण घर पूर्ण क्षेति भएका धनबहादुर कुवंर, टेकबहादुर सुनार, लिलाधर अर्याल, सुमना सुनार, बेलबहादुर घर्ति, ढोरपाटन २ सेरामा पहिरोले घर भत्किएका निलबहादुर पुन, तुरतुरे परिरो पार गर्ने क्रममा पहिरो खस्दा पुरिएर ज्यान गुमाएकि विविरण खातुनका छोरा सदिन खातुन गरी १२ परिवारलाई नगद रु ५ हजार रुपैयाका दरले ६० हजार राहत वितरण गरीएको हो ।

त्यसैगरी साउन महिनामा आएको भेल पहिरोका कारण घरमा आंसिक क्षेती भएका ढोरपाटन नगरपालिका १ र २ का ३८ घरपरिवारलाई नगद रु २ हजार रुपैयाका दरले ७६ हजार रुपैया राहत वितरण गरीएको हो ।आयोजित कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका सांसद छन्त्यालले बोल्दै आफुले सांसद भएदेखिनै जनताको पिर मर्का र दुख सुखमा निरन्तर सहयात्रा गरीरहेको बताउंदै प्रत्यक बर्ष हुने दुखद घटनाले आफुलाई संधै चिन्तित तुल्याईरहेको बताउंदै पिडितलाई न्यायका निम्ती संसदमा निरन्तर आवाज उठाईरहेको बताए ।
त्यस्तै कार्यक्रमका बिशिष्ठ अथिती नेपाली कांग्रेस बागलुङका सचिव नवराज पौडेलले बोल्दै अहिलेको सरकार बहुमतको सरकार भएपनी जनताको दुख पिडालाई समेटेर काम गर्न नसकेको बताउंदै आफुहरुले जनताका आवस्यकता र दुख पिडासंग निरन्तर सम्मोन्य गरीरहेको बताए ।
त्यस्तै अर्का बिशष्ठि अतिथी तमानखोला गांउपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै जनताले दैवि प्रकोट निरनतर खेप्दै आउनुपरेको स्मरण गराउंदै दैवि शतिmबाट बञ्च सकभर आफुहरुलै सम्मेमित बन्नुपर्ने बताउंदै दैवि बिपत्तिमा परेका जनताको सेवा सुविधामा स्थानिय तहले सम्मोन्य गर्नुको विकल्प नरहने बताए ।
कार्यक्रममा नेपाल महिला संघ क्षेत्रिय सभापती लिलमाया पुनको समेत मन्तव्य रहेको हो । त्यस्तै नेपाली कांग्रेस महादिवेशन प्रतिनीधि सागर छन्त्याल, ढोरपाटन नगरपालिका १ का वडा सदस्यहरु असारी बिक, गौमती कुमाल, नेपाली कांग्रेसका वानबहादुर छन्तयाल, उधोग बाणिज्य संघ ईकाई बुर्तिबाङका सदस्य धालेन्द्र छन्त्याल, पत्रकार लगाएतको आतिथ्यता रहेको कार्यक्रम नेपाल महिला संघ केन्द्रिय प्रतिनीधि दिलमाया पौविको स्वागत, नेपाली कांग्रेस ढोरपाटन नगर सभापती सालिकराम सर्माको अध्यक्षता, मेशलाल सर्माको सञ्चालमा सम्पन्न भएको थियो ।



















































































































































































































