अहिले नेपाली समाजमा महिला,बालबालिकाको अपहरण ,बलात्कार र हत्या मानौ कुनै भाइरस नै लागेछ भन्नु उपयुक्त होला। जुन निको त के कम हुन सक्ने कुनै संकेत देखिएको छैन। त्यसैले जनता राज्य जवाफ हिनताबाट वाक्क दिक्क भएका छन जसको कुनै निकास ,समाधान खोज्न हरदम नया खोज चाहेको प्रष्ठ छ।
महिला पुरूष बराबरीको दर्जा दिन पनि यसको प्रभाव व्यवहारमा देखिदैन यो हिन्दू धर्म संस्कार पनि अचम्म छ जो महिलालाई देवी समझेर देबताको आसनमा पूजा गर्ने, जसले धर्म र दर्शनलाई अंगालेका छन कोही उही महिलालाई कमजोर सोची उसको हत्या, हरण गर्न अग्रसर रहन्छ।दैनिक महिलाले भोगने जिंदगी उसको स्वतंत्र अस्तित्वको स्वीकृति कहिले दिदैन न त कहिले बुझ्न नै ।
आज पनि अधिकांश महाभारत ,रामायणकालीन मानसिकताबाट मुक्त हुन सकेको छैन जसको कारण द्रौपदीको चिर हरण हुनुमा आफ्नो सम्पति समझेर युधिष्ठिरले जुवामा दांव लगाएको थियो वा सीतालाई छल कपट गरी रावणले भगाएर लग्नु र रावणले आफ्नो बनाउनुको इतिहास आज पनि नया ढंगले जारी छ ।
यो सबमा कोई न कोई महिलालाई आफ्नो जागीरे,पेवा, परिवारको इज्जत जे भने पनि उसलाई एउटा पुरूषको खेलौना या मागि खाने भाँडोको संज्ञा दिएको छ।
केहि समय पहिलेको डोटीको ७४ बर्षीय बृद्धा महिला, कंचनपुर को निर्मला ,पर्वत भूकमा बच्चाको बलात्कार या काठमाण्डौको जंगलमा संगीन जहाँ गृह मन्त्रीद्वारा आत्महत्या भनिएको ,पोखरा पालिखे चोकमा युवकको हत्या जहाँ आजसम्म पनि सरकार ले दोषीलाई कारबाहीको दायरमा ल्याउन सकेको छैन के सरकार निकम्मा भएको हो या कुनै बाहिरी शक्तिको आसमा अड़केको हो।अब यी यस्ता खालका प्रतिनिधि घटनालाई के मान्ने रके सरकार कुहिराको काग भएको हो ।े
सर्वसाधारण जनताले सरकारसंग सुरक्षा ,सुशासन र सर्वसुलभ सेवा मागेको छ । आखिर किन महिला, बच्चा ,असहाय वृद्धा नै यस्तो घटना को शिकार हुन्छन् तमानब एउटा सामाजिक प्राणी होजसलाई समाज नभई हुदैन तै पनि त्यही समाजमा उ सहज बस्न सक्दैन ।समाजमा दण्डहिनता मौलाउदा झन यस्ता क्रियाकलाप गर्न पछाडि हट्दैन अपराधीहरु ।
नेपालमा लोकतंत्रको नाममा विकृत राजनीतिक संस्कृति विकसित भई रहेको छ । राजनीति र अपराध अहिले एक सिक्काका दुई पाटा जस्ता भएको छ। पुरुष प्रभुत्व ,सुचना प्रविधिको दुरुपयोग ,बेरोजगारी ,नैतिक शिक्षाको कमि र बदलिदो विभेदले अपहरण ,बलात्कार हत्यालाई प्रोत्सिाहित गरेको छ ।
अब का पिढीलाई यौन शिक्षा, नैतिक शिक्षा दिनु जरुरी छ।अब परिवारमा बाबू ले छोरी माथि होस् या दीदी बहिनी माथि सहज आफ्ना समस्या एबं चाहना खुलेर आफ्ना कुरा राख्ने हिम्मत गर्नु पर्दछ।सधै सकारात्मक चिन्तन शैली अपनाउनु पर्दछ।जबसम्म दिल दिमागमा सकारात्मक ऊर्जा पैदा हुदैन तब सम्म यस्ता खालका घटनाहरु हुँदै जान्छन त्यसैले यो राजनीति फोहोर नगरी जनतालाई पीड़ामा मलम लगाउन सक्ने खालको ब्यवस्था, क़ानूनी समाज, शुद्ध न्यायिक प्रणाली हुन सके जनताले राहतको स्वास् फेर्ने थियो ।



















































































































































































































