१२ कार्तिक २०८३, बुधबार

 

बिहुँ काउंले का पहिरो पिडितले अझै पाऐनन् बास गफ मात्र गर्ने सरकार र जनप्रतिनि बाट छैन कुनै आश।

बाग्लुङ जिल्ला को काँठेखोला गाउँपालिका वडा ५बिहुँकोट काँउलेमा गत असार ११र१२गते परेको भारी बर्षा ले बिस्थापित काउँलेका १४परिवार लाई दशै आउनै लागेपनि कुनै उमङ्ग छाएको छैन गत असार मा भिषण पहिरो ले आफ्नो बस्दै गरेको घरबारी नै भाषिएपछि अरु कै घर को पिडिमा बास बस्दै आएका भबिराम परियाले गुनासो गर्दै भने हाम्रो लागित कोहि भएको महसुस गर्न पनि सकिएन न कुनै जनप्रतिनिधि नै आएर हाम्रो समस्या बुझिदिन्छन् न कुनै सम्बन्धित ब्यक्ति खै कहाँ छन् ?हाम्रो सरकार खै कहाँ छन् ?जनप्रतिनिधि रुभोट चाहिने बेला विभिन्न राजनैतिक दलको झन्डा बोकेर बिहान बेलुका घर आँगन मा देखिने राजनैतिक दल हरु तिनिहरु बाट निर्वाचित भएका नेता सम्म यो क्षेत्र नआएको बताउदै दिन दुखि र गरिबहरु भोक भोकै मर्नु बाध्यता रहेको बताउदै हाम्रो भोट मात्र प्यारो हो रहेछ तर तिनिहरु लाई जनता समस्या प्रति कुनै चासो नभएको बताउदै घरबिहिन भएर बाच्नु पर्दा निक्कै सास्ति भोग्नु परेको मात्र बताएनन्।

एउंटा छिमेक ले पनि कति दिनै उस्को पिढि दिन सक्छ र रुधन्न मानवियता र मित्रवत छिमेकि को घर मा पिढि पाउनाले खान गतिलो नपाए पनि बर्षे पानि त ओतियो अब हिउदो को जाडो कसरी ओत्ने हो भन्ने चिन्ता ले सताई रहेको गुनासो पोखे।उनले भने धन्न असल छिमेकि को घर परेछ नत्र कस्ले नै दिन्छन् यति लामो समय बासघटना घटेको केहिदिन पछि प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल सहित को टोलिले जनहि १२०००रुपैया का दरले दिईएको रकम र वडा अध्यक्ष शिब कडेंलले ब्यक्तिगत रुपमा दिईएको १बोरा चामल रेडक्रस सोसाईटि बाग्लुङ बाट १थान पाल र जापान समाज बिहुँकोट ले उपल्बध गराएको १बन्डल रु १४००० पर्ने जस्ता बाहेक केहि नपाए को गुनासो पोख्दै अर्कि पिडित सुनिता परियार ले भनिन गरिब भएर बाच्नु भन्दा मर्नै बेस हुने बताउदै आफ्नो भएको सामान्य टहरो र साहारा को रुप रहेको केहि जमिन नै बगाउँदा अरु को घर को पिढि मा कोठा मागेर बस्न बाध्य हुनुपरेको छ।

त्यसै माथि बालबच्चा छन् हरेक चिज ले महंगिले आंकाश छोएको छ गरिबका लागि दैश दशै नभएर दसा आएको छ हाम्रो लागि न सरकार नै छ न कोहि रुउनले भक्कानिदै भनि स्थानिय सेतु परियार ले आफुँ इन्डिया जाने बेला घर त दिईएका थिए र त बल्लतल्ल बस्न भएको थियो अव चाडबाड आउनै लाग्दा उक्त घर धनि सेतु परियार गाउं फर्कने खबर पाएकि छु यसै कुराले झनै पिरोलेको छ गतिलो खाने गास नभएनि ओत लाग्न त पाईएको थियो अब त्यो आशा पनि हराउन लाग्यो भर्खर १बर्षे दुधे बालक काँख मा च्यापेर भनिन यहि बच्चा पनि बिरामि छ बाँकि दुई साना साना छोरा त छन् अब यिनिहरु लाई दशै को बेला कहाँ लगेर राख्ने रुआखिर दैबले पनि त गरिब लाई नै हेर्दो रहेछ नि।

यस बिषय के भईरहेको छ भनि गाउंपालिका का अध्यक्ष अमर थापा संग हांमिले प्रश्न गर्दा अहिले राज्य ले कुनै पनि ठाउं देखाए पनि त्यो भोलि राज्यलाई आवश्यक परेको खण्डमा पुन हड्प्ने भएकाले तत्कालै त्यसका लागि आफुहरुले त्तकालै केहि गर्न नसकिने बताए।उनले भने उनिहरुलाई कुनै ब्यक्ति संघ संस्था को आर्थिक सहयोग मा लालपुर्जासहितको जग्गा उपलब्ध गराउन सके जनता आवस कार्यक्रम बाट घरटहरा निर्माण गर्न सकिने प्रतिकृया दिईएका छन्। तर उनिहरुले भर्खरै प्रकासित गरेको निति तथा कार्क्रम मा यस्ता बिपदहरु लाई कसरी न्युनिकरण गर्ने पिड्तहरु लाई तत्कालै उचित ब्यबस्थापन गर्ने भनेर भने पनि यो नारा मा नै सिमित देखिएको छ।

भुगर्भ बिभाग केन्द्रिय कार्यालय काठमान्डौ बाट आएको टोलि ले त्यस क्षेत्र मा रहेको पत्रे चट्टान भिरालो भुभाग र लोकपाहाडि रार्जमार्ग मा बग्ने भल को कारण जंमिन भासिएका ले पुर्ण रुपमै खतरा रहेकोले तत्तकालै त्यो क्षेत्र बाट बस्ति स्थानान्नतरण गर्नु पर्ने निश्कर्ष दिईसकेको यस अवस्था मा गाउंपालिका का जनप्रतिनिधिहरु गम्भिर नब्नु प्रतिनिधि सभा तथा प्रदेश सभा मा प्रतिनिधित्व गर्ने सांसदहरु ले पनि यसं पहिरो प्रभाबित क्षेत्र र पिडित हरु को आलो घाउं मा केहिहद सम्म पनि मलम लगाउन नस्रक्नु दुख बिषय हो नै जनता ले जुन अपेक्षा राखेर आफ्ना प्रतिनिधित चुने तर जनता लाई नै यति ठुलो समस्या पिडा आईपर्दा संमेत आफ्नो बलियो उपस्थिति देखाउन नसक्नु मा राज्य र जनप्रतिनिधिहरु को कमजोरी हो भम्न कुनै संका गर्नु पर्दैन।

जनता को दैलो मा निर्वाच का बेला मात्र धाउने राजनैतिक दल र तिनिनै बाट निर्वाचित भए ब्यक्ति र दलहरु को छुद्र मानसिकता ले जनता मा चरम निरास छाईरहेको छ ।जनता को समस्या हरु लाई समस्या नठान्ने प्रविति ले जनता कति दिन यसरी पिडा बाच्न बिवश हुनुपर्ने हो त्यो चाहि अझै केहि समय हेर्नै बाँकि छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung