ग्लकोट नगरपालिका १० पाण्डवखानि कि जमुना विकलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । ग्लकोट नगरपालिका २ का प्रेम बहादुर सुनार ले मलेसिया जमुना विक बचाउं अभियान सन्चालन गरि संकल गरिएको उक्त रमक आज पिडित कै माईति घर मा आएर हस्तान्तरण गरेका हुन ।
आंफ्नै पिडाले र आफ्नै अभाव ले प्रदेशियका नेपालि दाजुभाई ले आफ्नो रगत लाई पसिना मा बगाएर कमाएको केहि पैसा बाट बचाएर पिडितहरु को घाउं मलहम लगाउने प्रयास गरेका छौ उनले भने त्यति ठुलो कमाई नहुने मलेसिया मा हामि सानो भएपनि लिएर आएका छौ त्यो स्वयम पिडित कै हात मा दिन्छौ भनेर ग्लकोट बाट बिहुँ आएको उनले बताए।
आफुले उक्त जमुना बचाउ अभियान मा रु ३०८००रुपैया पिडित जमुना लाई हस्तान्तरण गरेका छन्।११बर्षिय छोरी र १४बर्ष को छोरा रहेका उनका पति अपाङ्गै जस्तै छ केहि बर्ष पहिले मलेसिया पुगेका उनको टाउँको दुख्न् थाल्यो तर उनका एक हरको नै चल्न छाड्यो बल्लतल्ल घर सम्म त आईपुगे तर केहि काम गर्ने आशा नभएछि कसरी आफ्नो अनि बिरामी श्रीमति को उपचार कसरी गर्ने भन्ने पिरले सताईरहेको छ ।साथ मा भएका दुई सन्तान को पढाई र लालनपालन कसरी गर्ने भन्ने अर्को पिडा थपिएको गुनासो गर्दै सबैलाई सबहयोग गर्न अपिल समेत गरे ।
पिडित जमुना को बुबा बृहस्पति वि क ले समेत जमुना बचाउ अभियान सन्चालन गरेर रु एक लाख नौ हजार आठसय दुईरुपैयाँ संकल गरेको बताउदै उपचार हालसम्म रु २०लाख रुपैया लागेर त्यो सबै मानविय दायित्व बोध भएका ब्यक्तिहरु र संघसंस्था बाट सहयोग पाएको भन्दै सबैलाई धन्यबाद ब्यक्त गरेका थिए।



















































































































































































































