१२ कार्तिक २०८३, बुधबार

 

अभिकर्ताको लागि तालिम प्रदान

नेपाल लाइफ इन्स्योरेन्स बागलुङको आयोजनामा अभिकर्ताहरुको लागि एक दिने तालिम सम्पन्न भएको छ । बागलुङ जिल्लाका बिभिन्न स्थानका अभिकर्ताहरुलाई लक्षित गरि तालिमको आयोजना गरिएको छ ।

बिमा भनेको केहो,किन आवश्यक पर्दछ र यसको महत्व बारेमा अभिकर्ताहरुलाई जानकारी गराइएको थियो । तालिमको सहजिकरण गर्दै नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख महेन्द्र गुरुङले आम नागरिक बिच गराउन जिवन बिमा बारे आफु प्रस्ट भई सबैलाई यसबारे सहि रुपमा जानकारी गराउनुपर्नेमा जोड दिए ।

तालिममा सहभागीहरुले बिमा लहलहैमा नभई राम्रोसग“ बुझेरमात्र आफुहरु सबैको माझ पुग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तालिमको अवसरमा सिनियर एजेन्सि म्यानेजर घनश्याम रिजाल र इन्दिरा भुसाल एजेन्सी प्रदिप पन्तले बोल्नुभएको थियो । तालिमका १५ जना अभिकर्ताको सहभागीता रहेको थियो ।

कायक्र्रममा अभिकर्ता एवं नेपाल प्रेस युनियन बागलुङ अध्यक्ष प्रदिप पन्त ,जिल्ला सदस्यमा रामशरण पोखरेल र प्रदेश प्रतिनिधिमा घनश्याम रिजाललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung