मानव अधिकार तथा शान्ति समाज बागलुङको २२ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उदघाट्न गर्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य गिता श्रीषले शान्ति, लोकतन्त्र र अहिंसाका मुल्यहरुको सम्मान र पालना सहितको समुन्नत समाजको निर्माणका लागी शान्ति समाजको स्थापना भएको बताईन । उनले मुलुकमा हत्या हिंसा जस्ता जगन्य अपराधहरु बढदै गएको हुनाले यस सिंगो मानवअधिकारको क्षेत्रमा प्रश्चन चिन्ह खडा गरेको बताईन ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय प्रेस संयोजक विकास पौडेल, समाजका अजिवन सदस्य एवं बानपा ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतम, नेपाल पत्रकार महासंघ बागलुङ अध्यक्ष दिल शिरीष, मानव अधिकार संगठनका जिल्ला अध्यक्ष अमर बहादुर कार्की, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष उमकान्त शर्मा पौडेल, महिला अधिकारकर्मी लक्ष्मी जिसी कार्की, धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु सचिव विष्णुराज पौडेल लगायतले बोलेका थिए ।
समाजका सभापति भुमिश्वर गौतमका अध्यक्षता उपसभापति राजेन्द्र पौडेलको स्वागत र सचिव हरिप्रसाद शर्मा हरिशको संचालनमा सम्पन्न भएको साधारण सभाले लक्ष्मीकान्त पौडेल ‘राजेन्द्र’ को सभापतित्वयमा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपसभापतिमा सावित्री खड्का, सचिवमा हरि प्रसाद शर्मा हरिश सहसचिवमा बालकृष्ण शर्मा, कोषाध्यक्षमा पुर्णमायाँ विक रहेका छन ।
त्यसैगरी समितिको सदस्यहरुमा विष्णु प्रसाद सापकोटा, अखिलनाथ शर्मा, लक्ष्मी जिसी कार्की, निलकण्ठ शर्मा, मनोज सापकोटा र फणिन्द्र आचार्य रहेको निर्वाचन समितिका सदस्य प्रकाश बरालले जानकारी दिए । सो अवसरमा नवनिर्वाचिन सभापति लक्ष्मीकान्त पौडेल, राजेन्द्रले आफुले मानवअधिकारको क्षेत्रमा निरन्तर काम गरेको हुनाले आउँदा दिनमा पनि ससक्त रुपमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।



















































































































































































































