चारतारे युवा क्लब सिवाईसी नेपालको २७ औं स्थापना दिवश बिजया दशमि, शुभदिपावली पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम शुक्रबार बुर्तिबाङ साखामा सम्पन्न भएको छ ।
लघुवित्तिय कार्यक्रमसंगै अन्य सेवालाई देशका बिभिन्न जिल्लामा साखा विस्तार गरेको संस्थाले आफनो बार्षिक उत्सव संगै सबै सेवा केन्द्रमा शुभजिया दशमि, दिपावली तथा छठपर्वको अवसरमा सुभकामना आधान प्रदान गरेको हो ।
बुर्तिबाङ साखामा आयोजित कार्यक्रममा सिवाईसी नेपालका केन्द्रिय सदस्य एवम सिवाईसी साकोस बुर्तिबाङ साखा संयोजक गण्डकी थापाको अध्यक्षता, ईलाका प्रशाशन कार्यालय बुर्तिबाङका कार्यवाहक प्रमुख नन्दराम भुसालको प्रमुख आतिथ्यता, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ओमप्रकाश यादब, सिवाईसी नेपालका आजिवन सदस्य हिरालाल पौडेल, स्थानिय सञ्चार माध्यमको तर्फदेखि पत्रकार,
सिवाईसी नेपाल तथा सिवाईसी साकोसका प्रतिनिीधी, लघुवित्त संस्थाका प्रतिनीधि लगाएतको आतिथ्यता रहेको थियो ।
आयोजित कार्यक्रममा दिप प्रजवलन तथा केक काटेर उद्घाटन गरेका प्रमुख अतिथि नन्दराम भुसालले बोल्दै गरीवी न्युनिकरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेको सिवाईसी नेपालको योगदान महत्वपूर्ण रहेको बताउंदै ग्रामिण क्षेत्रमा गरीवी निर्मुल पार्ने तथा महिलाहरुलाई सक्षम र आत्मनिर्भर बनाउने अभियानमा खेलेको भुमिकाको प्रसंसा गरे ।
त्यस्तै कार्यक्रमका अध्यक्ष गण्डकी थापा अधिकारीले बोल्दै सिवाईसी नेपाल करिब ४२ हजार महिलाको जिवन स्तर उकास्ने महत्वपुर्ण माध्यम रहेको बताउंदै गरीब , दलीत, विपन्न तथा निरक्षण महिलाहरुलाई उर्जाशिल र आत्मनिर्भर बनाउने कार्यमा सक्रिय भुमिका खेलिरहेको संस्था रहेको बताउंदै निकट भविश्यमै सिवाईसी बैंकको स्पमा सिवाईसी नेपाललाई रुपान्तरण गर्ने लक्ष्यका साथै आफनै एफएम रेडियो, तथा अन्य सेवा सुविधाका साथमा अगाडी बद्ने योजना सहित अगाडी बढिएको बताईन् ।
त्यस्तै कार्यक्रमकाअतिथीहरु ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ओमप्रकास यादव, सिवाईसी नेपालका सल्लाहकार सदस्य हिरालाल पौडेल, पत्रकार छविलाल पाण्डे, रामनारायण सुवेदी, झरना कंडेल, सिवाईसी नेपाल सदस्य लिलमाया पुन, सिवाईसी साकोस सेवा केन्द्र बुर्तिबाङका साखा प्रवन्दक हरी बुढा, सिवाईसी नेपाल केन्द्रिय प्रवक्ता केशकुमारी बुढा , लघुवित्त मिलन केन्द्र बुर्तिबाङको तर्फदेखि निर्धन उत्थान बैंकका प्रवन्धक मनु अर्याल, लगाएतले शुभकामना मन्तव्य राख्दै सिवाईसीले गरेका स्रहाननीय कार्यको प्रंससा गर्दे आगामी दिनमा थप सेवा सुविधा सहित जनताको मन जित्ने गरी पृथक शैलिबाट अगाडी बद्नमा सुझाब सहित शुभकामना मन्तव्य राखे ।
आयोजित कार्यक्रम सिवाईसी नेपाल बुर्तिबाङ साखाका कर्मचारी हेमबहादुर श्रीसको स्वागत, साखा प्रबन्धक दयाराम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































