१२ कार्तिक २०८३, बुधबार

 

सम्बृद्धीका लागि सहमति र सहकार्यको आवश्यकता

 म्याग्दीका राजनीतिज्ञहरुले विकास, सम्बृद्धी र शुसासनका लागि सहमति र सहकार्यको आवश्यकता रहेको बताए ।नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) जिल्ला संयन्त्रले पार्टी एकता, दशै र तिहार पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा नेताहरुले नेपालमा अझै सहकार्य र सहमतिको राजनितिको आवश्यकता रहेको बताए ।

नेकपाका केन्द्रिय सदस्य तथा संघीय सांसद भुपेन्द्रबहादुर थापाले वर्तमान सरकारले सम्बृद्धीका लागि सहमति र सहकार्यको भावना अनुसार अघि बढेको बताए । नेकपाको बहुमत भएपनि प्रतिनिधि र राष्टिय सभाको संसदीय समितिको नेतृत्व प्रतिपक्ष काँग्रेस, राजपा र फोरमलाई पनि दिएको बताउदै सांसद थापाले देश बनाउने यात्रामा मिलेर अघि बढ्न आव्हान गरे ।

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रि नरदेवी पुनले प्रदेश सरकारले बजेट कार्यान्वयनका लागि कार्य बिधि, कानुन र कर्मचारी ब्यवस्थापनमा जुटेको बताए । प्रदेश सांसद बिनोद केसीले विकास, शुसासन र सम्बद्धीका लागि नेकपाको एकताको शक्तिलाई उपभोग गर्नुपर्ने बताए ।

नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधव प्रसाद रेग्मी र राप्रपाका अध्यक्ष बिरबहादुर थापा क्षेत्रीले सरकारलाई टिक्ने र कार्यान्वयन गर्न सकिने का मगर्न सुझाव दिए । नेकपा जिल्ला संयन्त्रका गोविन्द पौडेलको स्वागत र बालकृष्ण सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले पनि शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung