१२ कार्तिक २०८३, बुधबार

 

नर्सिङकोटमा दशै बिशेष मेला तथा नर्सिङकोट महोत्सबको मंगलबार उद्घाटन ।।

- युवाहरुलाई सामाजिक क्षेत्रमा जुट्न अध्यक्ष पौडेलको आग्रह

जिल्लाको निसीखोला गांउपालिका ७ मा रहेको नरसिंह कोट सम्रक्षण समिती रद्धय परिवर्तन तथा गौमुखि युवा कलब द्धारा आयोजित दशै बिशेष मेला तथा नर्सिङकोट महोत्सबको आज निसीखोला गांउपालिका अध्यक्ष तारानाथ पौडेलले उद्घाटन गर्दे युवाहरु समाज रुपान्तरणको सम्वाहक रहेको बताउंदै खेलक्षेत्र संगै सामाजिक रुपान्तरणमा जुट्न आग्रह गरे ।

उनले समाज रुपान्तरणकानिम्ती युवाहरुको भुमिका महत्वपूर्ण रहने भन्दै बर्षमा एकपटक मात्र खेलकुद कार्यक्रम गरेर समाज अगाडी बद्न नसक्ने भएका कारण आर्थिक उर्पाजन र बिकासनिर्माणमा युवाह्रुले साथ दिएमा गांउपालिकालाई चांडै समेद्धिको दिशामा लग्नसकिने भएका कारण सामाजिक कार्यक्रम अग्रसर बन्न आग्रह गरे ।

साथै उनले नर्सिङकोट मेला प्रर्यटकिय हिसाबले महत्वपूर्ण रहेको बताउंदैनर्सिङकोटलाई पर्यटकिय स्थलको रुपमा विकास गर्न मठ मन्दिरको व्यवस्थापन गरीने बताए । क्लब अध्यक्ष सुनिल कुवंरको अध्यक्षतामा आयोजित कार्यक्रम निसीखोला गांउपालिका वडा नं ७ का वडा अध्यक्ष नहकुल कुवंर, सहयोगि दाता, समाजसेवी,बुद्धिजिवी, लगाएतको आतिथ्यता रहेको जनाईएको छ । क्लबका खेलकुद सम्योजकडेमलाल श्रेष्ठको स्वागत रहेको कार्यक्रम झरना कंडेलको सञ्चालनमा सम्पन्न भएको बताईको छ । आजै खेलकुद तथा सांस्कृर्तिक कार्यक्रम भएको छ । जसमाहुल्दि युवा क्लब हुल्दि र ह्याप्पि योङ हर्प अघिल्लो चरणमा प्रवेश गरेका छन्। कार्यक्रममा राष्ट्रिय कलाकार प्रकाश सपुथ र स्थानिय कलाकारको बजोड सांगितीक प्रस्तुती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung