१२ कार्तिक २०८३, बुधबार

 

श्रेष्ठ परिवारबाट मानव सेवा आश्रमलाई सहयोग

समाजसेवी देवबहादुर श्रेष्ठ श्रीमती सिन्दुर कुमारी श्रेष्ठ,छोरा मनोज श्रेष्ठ ,प्रतिमा श्रेष्ठ र छोरी शर्मिला श्रेष्ठले मानव सेवा आश्रमलाई १० हजार सहयोग गरेका छन ।आफनो नातीहरु निकेश श्रेष्ठ र निश्चल श्रेष्ठको शुभ ब्रतबन्धको सुखद उपलक्ष्यमा उक्त रकम मानव सेवा आश्रम बागलुडको प्रतिनिधि मनिष रायमाझि र सुमिरा लामालाई श्रेष्ठ परिवारले हस्तान्तरण गरेका थिए ।

उक्त अवसरमा केहि खाद्यान समेत आश्रमलाई श्रेष्ठ परिवारले उपलब्ध गराएको थियो ।मानव सेवा आश्रममा हाल २२ जना नागरिकहरुले आश्रय लिएका छन । मानव सेवा आश्रमका साथै विद्यामन्दिर माविमा पुर्व विद्यार्थीहरुले बालविकासका विद्याथीहरुलार्ई संचालनमा ल्याएको नि ः शुल्क खाजा अभियान जस्तो पवित्र सामाजिक काममा पनि आर्थिक सहयोग गर्ने नया विश्वलाई समाजसेवी देवबहादुर श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung