१२ कार्तिक २०८३, बुधबार

 

मानव सेवा आश्रममा दशैको टीका कार्यक्रम

बागलुङ सदरमुकाममा रहेको मानव सेवा आश्रममा रहेका लक्ष्मी नारायणहरू लाई नेपालीहरूको महान चाड बिजया दशमीको तेस्रो दिन आश्रमै टीका लगाएर आर्शिबाद दिने कार्यक्रम सम्पन्न भयो ।

आश्रमले आयोजना गरेको दशैको टीका ग्रहण कार्यक्रममा बागलुङका समाजसेवी देब बहादुर श्रेष्ठ नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राजेशचन्द्र राजभण्डारी महिला हित सहकारी संस्थाका अध्यक्ष लिला खड्काले मानव सेवा आश्रम खुलेपछि समाजमा छरिएर रहेका परिवारले हेला गरेर बाहिर सडकमा अलपत्र परेका ब्यक्तिलाई आश्रय दिने मानवीय काम गरेको धारणा राखेका थिए । यस्ता ब्यक्तिहरूलाइ दशैको टीका लगाइ दिन पाउनु खुशीको कुरा लागेको बताए ।

समाजमा नैतिक शिक्षा र सामाजिक भावना कम हुदै गएको कारण मान्छेहरू स्वार्थि बन्दै गइरहेको कारण आफ्नो बाबू आमा लाई हेला गर्ने मानव सेवा आश्रममा बस्न बाध्य बनाएको धारणा राखेका थिए ।मानव सेवा आश्रममा रहेका सबैलाई टीका जमरा र प्रसाद दिएर सामुहिक दशैको टीका सहित आर्शिबाद दिएका थिए ।कार्यक्रम संचालन मानव सेवा आश्रम बागलुङकि संचालिका सुमिरा लामाले गरेका थिए ।
आश्रमले बागलुङ शाखामा रहेका लक्ष्मी नारायणहरू लाई दशैको अबसरमा ३ दिन पोखराको अबलोकन भ्रमण गराएर ल्याएको संचालिका लामाले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung