१२ कार्तिक २०८३, बुधबार

 

लामखुममा चार घरमा चोरी

कार्तिक २ गते काठेखोला गाउँपालिका वडा न ५ को लामखुम गाउँमा चोरी भएका छ । एकै पटक ४ घरमा चोरी भएको हाम्रा संवाददाता भरत प्रसाद सापकोटाले बताए । चार घरबाट अन्दाजि १० लाखको धनमाल चोरी भएको छ । मतिलाल कँडेलको घरमा २ लाख ६८ हजार नगद , ज्योतिष कृष्ण प्रसाद कँडेलको घरमा ३.१० रति सुन र १० हजार नगद चोरी भएको थियो ।

ज्योतिष कृष्ण प्रसाद कँडेल आफ्ना अर्को घरमा परिवारसँग बस्न गएको बेला चोरी भएको थियो । त्यस्तै तुलसी देवी रिजाल दसैको बेला माइतमा टिका लगाउन जादा ७ तोला सुन चोरी भएको छ । उनी र उनकी आमाको घाटीमा लागाउने तिलहरी , तथा विभिन्न गहनाहरु चोरी भएको हो । चोरले अन्य घरहरुबाट पनि नगद चोरि गरेको छ ।

घटना घटेको चार दिन हुदा समेत चोरलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । यस गाउँमा वैशाख महिना पनि पनि चोरी भएको थियो । आफुले सक्दो छानविन गरेको तर चोर भने पत्ता लगाउन नसकेको भनी विउकोटका प्रहरी गजेन्द्र बहादुर थापाले बताए । यस घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपक प्रसाद रेग्मी अनुसन्धान जारी रहेको र निकट भविष्यमै यस घटनासँग संलग्न चोरहरुलाई सार्वजनिक गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung