१२ कार्तिक २०८३, बुधबार

 

अनुशासित र मर्यादित समाज निर्माण गर्न युवाहरुको महत्वपुर्ण भुमिका हुन जरुरी – नगर उपप्रमुख काउचा ।

गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचा मगरले खेलकुदको माध्ययमबाट शारिरीक, मानसिक, बौद्विक र नैतिकवान सम्पुर्ण मानव सम्साधानको विकास गर्दै, अनुशाषित र मर्यादित समाज निर्वाह गर्न युवाहरुको महत्वपुर्ण भूमिका हुनुपर्ने बताए । त्यसलाई साकार पार्न गलकोट नगरपालिकाले खेलकुदको लागि पुर्वाधार निर्माण गर्ने, प्रशिक्षण गर्ने, प्रतियोगिताहरु गर्ने र प्रोत्साहन गर्ने खालका कामहरु गर्ने योजनामा रहेको काउचाको भनाई छ ।

एक्टिभ ग्रुप गलकोट नगरपालिका १० पाण्डवखानीको बाईगाउको ८ औं वार्षिकोत्सव तथा बडा दशैं मेला २०७५ लाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन । युवा भनेको एउटा शक्ति हो समृद्व गलकोट निर्माण गर्न सामाजिक, आर्थिक, राजनैतिक विकास गर्नको लागि श्रोतको रुपमा लिएको काउचाले बताईन । त्यसको लागि सम्पुर्ण नगरबासीको सहयोग अपिहार्य रहेको समेत उल्लेख गरिन । कार्यक्रममा गलकोट नगरपालिका वडा नं १० का वडा अध्यक्ष तिलक घर्ती, गलकोट नगर कार्यपालिका सदस्य राधिका पुन, पाण्डवखानी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिंह छन्त्याल र नवज्योति आधारभुत विद्यालयका प्रधानध्यापक आसा श्रीसले शुभकामना मन्तव्य राखेका थिए । मेलाको अवसरमा खुल्ला फुटवल प्रतियोगिता, म्याराथुन दौड, खुल्ला एकल नृत्य प्रतियोगिता सॅगै स्थानिय पञ्चेबाजा, भजन र मौलिक कला संस्कृति प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा कलाकारहरु चर्चित गायिका निशा श्रीस, कमल श्रीस र खगेन्द्र पुनले सांगितिक प्रस्तुति मार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । मेलामा गरिब, जेहेन्दार र एस ई ई मि उत्कृष्ट नतिजा हॉसिल गर्न सफल विद्यार्थीहरु, समाजसेवी, शिक्षासेवी, सहयोगदाता, कलाकार, पत्रकार लगायतलाई सम्मान समेत प्रदान गरिएको थियो । मेला एक्टिभ ग्रुप बाईगाउका कार्यक्रम संयकजक चन्द्र बहादुर श्रीसको अध्यक्षता, सदस्य कैलाश विश्वकर्माको स्वागत र सञ्चारकर्मी सुरेश छन्त्याल र खडग सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung