बुर्तिबाङका युवा अनिल कुवंरको निधनले बुर्तिबाङ बजार सोकमग्न भएको छ । बुधबार रातको करिब १२ बजेको समयमा आफनै घरको तलाबाट खसेर गम्भिर घाईते भएका अन्दाजी ३० बर्षिय कुवंरको बुर्तिबाङ प्राथमिक स्वास्थ्य संस्थामा प्राथमिक उपचार पश्चात थप उपचारका लागि पोखरा रिफर गर्दे गर्दा रातिनै विच बाटोमानै उनको ज्यान गएपछी यतिबेला बुर्तिबाङ बासि सोकमग्न भएका हुन् ।
निसीखोला गांउपालिका वडा नं ७ का वडा अध्यक्ष नहकुल कुवंरका छोरा तथा निसीखोला ७ राजकुटकै गौमुखि तथा परिवर्तनशिल युवा क्लबका अध्यक्ष तथा नेपाली कांग्रेस निकट नेपाल तरुणद क्षेत्रिय प्रतिनीधि समेत रहेका अनिल कुवंर बुधबार दिंउसो बुर्तिबाङ राईजिङ युवा क्लबको कोजाग्रत पुर्णिमा मेला कार्यक्रम सकेर सांझ बुर्तिबाङ आफनै घर (बुर्तिबाङ गेष्ठ हाउस) घरमा आएका थिए ।
सांझको खाना खाएसंगै सुत्नका निम्ती घरको दोश्रो तला (आफु सुत्ने कोठामा) गएको र कोठा नजिकैको रेलिङबाट करिब १५ फुट तल भुंइमा खसेर घाईते भएका थिए । कुवंरको निधन संगै बुर्तिबाङ राईजिङ युवा क्लब आयोजना गरेको कोजाग्रत पुर्णिमा मेला आज १ दिनका लागि सम्पुर्ण कार्यक्रम स्थगित गरेको हो । क्लबका आजिवन सदस्यको निधनका कारण आफुहरुले कार्यक्रम स्थगित गरीएको क्लब अध्यक्ष सोम पौवीले बताए ।



















































































































































































































