महाशिला गाउँपालिका ४ पाखापानीकी टोप कुमारी खत्रीमाथि स्थानीयबासीले आक्रमण गरेका छन् । आफ्नो निजि जग्गामा वडाध्यक्ष पूर्णबहादुर मल्ल सहितको समुहले जवर जस्ती डोजर प्रयोग गरेको र रोक्न खोज्दा आफूमाथि आक्रमण भएको उनको गुनासो छ ।
खत्रीले सहारापाटीसँग भनेकी छिन् साँढेँ ११ बजे म घाँस ल्याएर ढिडो खाँदै थिए, तँलै ढिडो खालीस अब तँलाई बाँधेर कारवाही गर्ने हो भन्दै अपरहण गरेर ममाथि अमानवीय व्यवहार गरे । मेरो घरमा लट्टीपट्टी पारे ।
आफ्नो जग्गा दिन्न भन्दा पनि आफूमाथि अमानवीय व्यवहार गरे, मलाई नाग्गेबुङ्गे पारे, मेरो ज्यान काम लाग्ने भएको छैन मैले न्याय पाइन । उनले भनिन् । आफूले न्याय नभएको भन्दै राज्यनै आफूमाथि लागेको बताएका छिन् ।सोही वडाका बलवहादुर खत्रीले आफ्नी छोरी माथि वडाध्यक्ष सहितको समुहले संघातिक आक्रमण गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।
पीडित खत्रीले आफ्नो नीजि जग्गामा जवरजस्ती हडप्न खोजेको भन्दै वडाध्यक्ष मल्ल र सोहि ठाउँका यामवहादुर भण्डारीका विरुद्धमा जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका हुन् । पीडित खत्रीका अनुसार महाशिला –४ साविक पाखापानी गाविस–४ चियान डाँडामा रहेको कित्ता नम्वर १८७ को क्षे।फ १ रोपनी २ आना १ पैसा २ दामको आफ्नो जग्गामा मल्ल र भण्डारीले हडप्न खोजेको बताए ।
गत कात्तिक ६ गते वडाध्यक्ष मल्ल र सोही स्थानका भण्डारीको अगुवामा आएको २०–३० जनाको समुहले आफुले एकलौटी हक भोग गरेको जग्गामा बिना अनुमती डोजर प्रयोग गरेको खत्रीको गुनासो छ । कोटपिटको क्रममा तिन तोलाको सिक्रि, नगद ४ हजार,कोदालो, १ तोलाको औंठी लगेको खत्रीको आरोप छ । डोजर चलाउँदा मेरा छोराछोरीलाई तथानाम गाली गर्नु साथै हातपात गरि खरबारीमा समेत आगो लगाईदिएको खत्रीले बताए ।
उनले गाउँमा बस्न सक्ने अवस्था नरहेको भन्दै प्रसासन संग सुरक्षाको माग गरेकी छिन् । आफुमाथि उक्त घटनाको विषयलाई लिएर दैनिक धम्कि आईरहेकाले खत्रीले सुरक्षाको माग गरेकी छिन् । साथै उनले दोषीमाथी कारबाहीको माग गररेकी छिन् । यता वडाध्यक्ष पुर्णवहादुर मल्लले आफुले त्यस्तो नगरेको दावी गरे। ‘त्यो बाटो पहिल्यै निर्माण भईसकेको थियो उनले भने,‘ अहिले चक्लाबन्द गर्ने क्रममा विवाद भएपछि बाटो खन्न रोकिएको छ ।’ आफु वडाको विकासमा दिनरात खटेको बताउँदै कसैलाई पक्षपात नगरि वडाको समान तवलले विकास गर्ने बताए ।
महिलामाथि अमानवीय व्यवहार हुदाँ समेत मानव अधिकारबादी संघसंगठन मौन बसेका छन् ।



















































































































































































































