१२ कार्तिक २०८३, बुधबार

 

विकट गाउँमा कादुरीले बनायो ‘एक घर एक धारा’

 जिल्लाको तमानखोला गाउँपालिको विकट गाउँमा कादुरी संस्थाले १३० घर धारा जडान गरिदिएको छ ।खानेपानीको चरम आभाव भएको गाउँपालिकाको १ नम्मर वडाको स्याउँला गाउँमा संस्थाले घर घरमा खानेपानीको धारा उपलब्ध गराएको हो ।

कादुरी एग्रिकल्चर एण्ड एसोसियसन ब्रिटिस गोर्खाज् नेपाल पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त खानेपानी आयोजना सम्पन्न भएपछि पानी भर्नकै लागि खर्चने समय बचत भएको स्थानीय उपझोक्ताको भनाइ रहेको छ । ‘पानी भर्नकै लागि घण्टौ समय लाग्दथ्यो’ स्थानीय उपभोक्ता कुमार बि.क.ले भन्नुभयो–‘घरमै खोनेपानीको धारा आउला भनेर कल्पना समेत गरेको थिईन ।’

कादुरी संस्थाको रु.४९ लाख ७५ हजार २०० र स्थानिय उपभोक्ताको रु.१४ लाख ६६ हजार ३०० बराबरको जन श्रमदान गरी कुल ६४ लाख ४१ हजार ५ सय लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको स्याउँला खानेपानी आयोजनाका अध्यक्ष दल प्रसाद पुनले बताउनुभयो ।

गाउँदेखि झण्डै डेढ किलोमिटर टाढा रहेको सेम्बाङ खोला मुहानबाट पानी लिएर मिटर सहितको एक घर एक धारा जडान गरिएको खानेपानी आयोजनाले जनाएको छ । ‘स्याउँला गाउँमा लामो समय देखि खानेपानीको चरम समस्यामा थियो’ तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भन्नुभयो–‘कादुरीको सहयोगमा बनेका एक घर एक धारा बाहेक स्याउँला गाउँको तल्लो भेगमा उस्तै किसिमको धारा बनाउन गाउँपालिकाले रु.३ लाख बजेट जिनियोजन गरेको छ ।’

अहिले स्याउँला गाउँमा खानेपानीको समस्या समाधान भएपछि स्थानीयहरु हर्षित भएका हुन् । उक्त आयोजनामा एक इन्टेक टैंक, एक रिर्जभ्वायर टैंक र एक वितरण टैंक मिटर जडान मार्फत खानेपानी वितरण गरिएको जनाइएको छ । आयोजानमा १२२ धारामा मिटर जडान गरिएको छ भने अन्य सार्वजनीक धारामा मिटर जडान नगरिएको आयोजनाका अध्यक्ष पुनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung