१२ कार्तिक २०८३, बुधबार

 

बिहुँकोट समाज जापानद्धारा त्रिपुरेश्वर महादेव मन्दिर बिहुँलाई रु १०लाख रुपैया हस्तान्तरण

काँठेखोला गाउँपालिका बिहुँकोट ६मा अवस्थित त्रिपुरेश्वर महादेव मन्दिर (रामकोट बिहुँकोट) लाई आज एक समरोहको आयोजना गरी उक्त रकम रु १०लाख रुपैयाँ हस्तान्तरण गरिएकोछ। जापान समाज बिहुँकोटले समाजमा आउने भईपरि जस्तै भुकम्प आगलागि विभिन्न ठुला ठुला रोग बाट ग्रहसित हुने ब्यक्तिहरु बाढि पहिरो पिडित जस्ता दैविक बिपत्तिहरु साथै शैक्षिक तथा धार्मिक क्षेत्रमा समेत प्रत्येक्ष सहयोग गर्दै आएको सामाजिक संस्थाको रुपमा स्थापित यस संस्थाले परोपकारी भुमिका खेलेको छ।यस संस्था स्थापना लगत्तै सामाजिक सेवा अहम भुमिका खेलिरहेको र भावि उद्धेश्य पनि समाज सेवा मै लाग्ने यस संस्थाका अध्यक्ष देविलाल सुवेदिले जापान बाट जानकारी दिईएका छन्।

उक्त रकम हस्तान्तरण समारोहमा यसै संस्थाका सह संरक्षक दिपक कडेल (डि पि) यसै संस्थाका उपाध्यक्ष ईन्द्रलाल सुवेदि साथै जापान समाज बिहुँकोटका सचिव भिष्म कडेंल कोषाध्यक्ष नारायण कडेल राजु सहसचिव शुदर्शन कडेल लगाएत अन्य पदाधिकारीहरुले मन्दिर सन्चालन समितीका प्रधान संरक्षक १००८ ज्ञानन्द सरस्वति महराज उपाध्यक्ष सल्लाहाकार माननिय सासंद मणिभद्र शर्मा कडेंल गौरिशंकर सुवेदि सचिव हरिप्रसाद कडेंल कोषाध्यक्ष ठानेश्वर कडेंल शिव प्रसाद कडेंल सहसचिव ज्ञाननाथ कडेंल लगाएत पदाधिकारीहरुले बुझिलिईएका थिए। उक्त समारोहमा आशिर्वचन दिदै यस पवित्र धार्मिक संस्थालाई धार्मिक पर्यटन पर्बद्धनका माध्यंम बाट विश्व सामु चिनाउन समेत आग्रह गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung