७ कार्तिक २०८३, शुक्रबार

 

प्रचण्डद्वारा सरकार र पार्टी विरुद्ध ठूलाे षडयन्त्र भइरहेकाे खुलासा

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले कम्युनिस्ट सरकारलाई देखेर एकाथरीलाई निन्द्रा नलागेको बताएका छन् ।नेकपा चितवनले भरतपुरमा बडा दसैं, दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान कम्युनिस्ट सरकारलाई दुष्पप्रचार गरेर कमजोर पार्न राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्ति लागि परेको आरोपसमेत लगाए ।

उनले भने,‘एकाथरी शक्ति चाहिँ दुई कम्युनिस्ट पार्टी एक भएपछि नै एकतालाई भत्काउन लागि रहेकै छन् । तर यो सरकारले छोटो अवधीमै महत्वपूर्ण कामहरु गर्न सफल भएको छ ।’

अध्यक्ष प्रचण्डले देशलाई समृद्ध बनाउन पर्ने आवश्यक मौलिक कानुन, सुशासनका महत्वपूर्ण विषयहरु जग बसालेकाले अबको केहि समयपछि देखिने गरि विकास हुने बताए ।

सरकार आफ्नो उद्देश्यमाथि दत्तचित्त भएर अघि बढी रहेको छ, उनले भने, ‘अब गफ भन्दा पनि एक्सनमा गएर काम देखाउने समय आएको छ । ५ बर्षभित्र मुलुकको मुहार नै परिवर्तन भएको देख्न पाउनु हुनेछ ।’

नेकपाको तल्लो तहको पार्टी एकिकरणको विषयमा बोल्दै प्रचण्डले दुई कम्युनिस्ट पार्टीको तल्लो तहसम्म एकता प्रकृयालाई सफलता पुर्वक सम्पन्न गर्न गम्भीर गृहकार्य भइरहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung