७ कार्तिक २०८३, शुक्रबार

 

बालुवाटार फर्के प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिनको उपचारपछि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्। अाेली शुक्रबार साँझ प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटार फर्किएका छन्।

छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीका स्वास्थ्य रिपोर्टको अध्ययनपश्चात स्वास्थ्यस्थिति सामान्य देखिएपछि डिस्चार्ज गरिएको हो।

प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न रहेको थियो।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकहरुले स्वास्थ्यमा पूर्ण सुधार भएपछि निवास फर्कन अनुमति दिएका थिए। ओलीले उपचारमा संलग्न चिकित्सकहरुप्रति विषेश आभार प्रकट गरेका उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung