ऊर्जामन्त्री बर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । शुक्रबार राति छातीमा अचानक समस्या आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गराइएको मन्त्री पुनलाई शनिबार बिहान डिस्चार्ज गरिएको हो । उनकाे स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
पाँच दिन लामो उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएलगत्तै मन्त्री पुन बिरामी परेका थिए । नर्भिक अस्पतालमा मन्त्री पुनको स्वास्थ्य जाँच र उपचारमा डा. यादव भट्टसहितका चिकित्सक जुटेका थिए ।



















































































































































































































