२० भाद्र २०८३, शनिबार

 

१३ जना मानिस मार्ने बाघको लामो प्रयासपछि हत्या

भारतमा १३ जना मानिस मार्ने बाघको लामो प्रयासपछि हत्या गरिएको छ। ६ वर्षको उक्त बाघले महाराष्ट्र राज्यको यवतमाल जिल्लामा आतंका मच्चाएको थियो।

सो क्रममा १३ जना मानिसले सोही प्राणभक्षी बाघको आक्रमणबाट ज्यान गुमाएका थिए। यवतमाल जिल्लाका कम्तिमा ५ हजार मानिसहरु उक्त बाघको आक्रमणको त्रासमा बाँची रहेका थिए।

सन् २०१६ मा नै आक्रमक गतिविधि बढाउने थालेपछि टि–वान नाम दिइएको उक्त बाघलाई नियन्त्रणमा लिन आदेश दिइएको थियो।

तर त्यसयता बाघ नियन्त्रणमा आउन सकेको थिएन। वन्यजन्तु आरक्षका अधिकारीहरुले टि–वान एक गोलीमै मरेको बताएका छन्।

सन् २०१६ देखि यसैवर्षको जुलाइ महिनासम्म १० जनाले बाघको आक्रमणबाट ज्यान गुमाइसकेका थिए। त्यसपछि अगष्ट महिनामा बाघले थप ३ जनाको ज्यान लिएको थियो।

पहिले वनरक्षकहरुले बाघलाई हत्यागर्ने भन्दा पनि नियन्त्रण गर्न सुझाव दिएका थिए। पछि हिंसात्मक गतिविधिले उग्र–रुप लिएपछि बाघको हत्या गर्न अदालतले आदेश दिएको थियो।

महिनौंको प्रयासपछि अन्तत टि–वानको हत्या भएको हो। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung