७ कार्तिक २०८३, शुक्रबार

 

पार्टीलाई एक नम्बरको बनाइसकेपछि मात्रै विश्राम लिन्छुः सभापति देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एक नम्बरको बनाएर मात्रै विश्राम लिने बताएका छन्।

शनिबार काठमाडौँ वडा नम्बर ४ ले आयोजना गरेको चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले पार्टीलाई पहिलो नम्बरको बनाउन आफू लागिपरेको दावी गरे।

‘तीनै तहको निर्वाचनमा काङ्ग्रेसले अपेक्षित मत परिणाम ल्याउन सकेको छैन’, उनले भने, ‘अब अक्रो निर्वाचनमा पहिलो नम्बरको पार्टी बनाउँछु।’

संविधान घोषणापछि सम्पन्न तीन तहको निर्वाचनबाट काङ्ग्रेसको सिद्धान्त विजय भएको भएको भन्दै उनले अब कतमा पनि विजय बन्ने बताए।

सरकारको आलोचना गर्दै सभापति देउवाले सरकारकै कारण देश अफ्ट्यारो अवस्थामा आइपुगेको आरोप लागए। ‘देशमा हत्या, हिंसा बढेका छन्’, उनले भने, ‘सरकारले अपराधिलाई दण्ड र पीडितलाई न्याय दिन सकेको छैन।’

महामन्त्री डा. शशांक कोइरालले कांग्रेसको पराजयमा गुट प्रमुख कारण भएको दावी गरे। ‘गुट र उपगुटका कारण कांग्रेस पराजय भएको हो’, उनले भने, ‘गुटको मात्रै अन्त्य गर्ने हो भने अबको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्छ।’

कार्यक्रममा नेताहरु प्रकाशशरण महत, नरहरि आचार्य लगायतले लोकतन्त्रमा सत्ता पक्षको साथै प्रतिपक्षको पनि उत्तिकै भूमिका रहने विचार व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung