महानायक राजेश हमालको बोली सुनेसँगै गलकोटका दर्शक औधि खुसीले चिच्याएका छन । फिल्मको पर्दामा देखेका गलकोटे दर्शकहरुले शनिबार बागलुङको गलकोटमा प्रत्यक्ष रुपमा राजेश हमाललाई देखेपछि कार्यक्रममा सहभागी सम्पुर्ण दर्शकहरु खुसीले चिच्चाएका थिए ।
बागलुङ उद्योग बाणिज्य संद्य गलकोटले आयोजना गरेको प्रथम गलकोट महोत्सवको ९ औँ दिनको कार्यक्रममा हमाल सहभागी भएका हुन् । गलकोटमा राजेश हमाल आउने सन्देश पाएपछि घरको काम समेत छोडेर दर्शकहरु कार्यक्रममा सहभागी भएका थिए ।
महोत्सव सुरु भएपछिकै सबैभन्दा धेरै दर्शक शनिबार देखिएको आयोजक संस्थाका बरिष्ठ उपाध्यक्ष ढालिन्द्रप्रसाद गौतमले बताए । बिहान देखिनै राजेश हमालको प्रतिक्षामा बसेका दर्शकको प्रतिक्षाको घडि करिब साढे ४ बजे मेटिएको थियो । कार्यक्रममा सहभागी दर्शकहरुमध्ये अधिकांशको भनाई नै राजेश हमाललाई हेर्नका लागी आएको भन्ने थियो ।
शनिबार महोत्सवमा करिब ९ हजार भन्दा बढि दर्शकहरु सहभागी भएको अनुमान आयोजकले गरेको छ । कार्यक्रममा हमालले ‘साथीहरुका लागि यो हात सलाम हो, दुश्मनका लागि यो हात फलाम हो, शंकर हो मेरो नाम शंकर’ लगायतका संवाद बोलेका थिए।
हमालले आफु देश बिदेशमा बिभिन्न ठाउमा पुगेपनि गलकोटमा भने पहिलो पटक आउने अवसर मिलेको भन्दै खुसी ब्यक्त गरे । उनले गलकोट प्राकृतिक र सास्कृतिक रुपले अगाडि रहेको बताए । हमालसंग भेट गर्न पाउदा गलकोटका दर्शकहरुले खुसी ब्यक्त गरेका छन ।



















































































































































































































