२६ भाद्र २०८३, शुक्रबार

 

पर्यटकीय स्थल राम्चे ढुङगामा प्यारागलाईडिङको स्थलगत सम्भाव्यता अध्ययन भोली उडान गरिने

गलकोट नगरपालिका ७ मल्ममा प्यारागलाईडिङको आज सम्भाव्यता अध्ययन गरिएको छ । पर्यकटकीय स्थल राम्चेढुङगामा उक्त कार्यको आज प्यारागलाईडिङ पाईलट दुर्योधन खडका र निरन्जन कुॅवरको उपस्थितीमा स्थलगत सम्भाव्यता गरिएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो ।

पर्यटकीय सम्भावना बोकेको राम्चे ढुङगामा प्यारागलाईडिङ उडान गर्न केहि पुर्वाधार तयार गरेपछि भविष्यमा व्यावसायिक रुपमा उडान गर्न सकिने पाईलट दुर्योधन खडकाले बताउनु भयो । खडकाले भन्नुभयो हावाको बेग पनि यहाॅ उत्तम रहेछ, प्यारागलाईडिङ टेक ओभर गर्न र उडिसकेपछि तल फाॅटमा ल्याण्ड गर्न पनि सहज रहेछ ।

समुन्द्री सतह देखि १ हजार ८ सय ८३ फिटको उचाईमा अवस्थित उक्त स्थानबाट गलकोट क्षेत्रका अधिकांश स्थानहरु, रमणिय दृश्य सॅगै मनोरम हिम श्रृङखलाका दृश्यहरु सजिलै देख्न सकिन्छ । आजको सम्भाव्यता अध्ययन सॅगै भोली बिहान त्यहाॅबाट प्यारागलाईडिङ उडान गर्ने कार्यक्रम तय गरिएको जिल्ला समन्व्य समिति बागलुङका सदस्य दल बहादर थापाले जानकारी दिनुभयो । त्यसको लागि आवश्यक तयारी भईरहेको समेत थापाले बताउनु भयो ।

भोली बिहान प्यारागलाईडिङ उडान गर्नको निमित्त राम्चे ढुङगा पर्यटन विकास केन्द्रले व्यवस्थापन गर्ने केन्द्रका अध्यक्ष विष्णु थापाले जानकारी दिनुभयो ।

राम्चे ढुङगालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न वडा कार्यालयले विभिन्न पुर्वाधारका कामहरु समेत गरिरहेको अध्यक्ष थापाले बताउनु भयो । बागलुङ उद्योग वाणिज्य संघ गलकोट ईकाईद्वारा आयोजित प्रथम गलकोट महोत्सवको अवसरमा गलकोटमा प्यारागलाईडिङ आकर्षकको रुपमा राखिएको छ ।

यस अघि गलकोट नगरपालिका वडा नं ५ को सर्दाखेत, वडा नं २ को नरेठाँटी सेतीघडेरीबाट प्यारागलाईडिङको सफल परिक्षण सम्पन्न भएको छ । यता गलकोट नगरपालिका ४ को पर्यटकीय स्थल निलुवामा समेत आजै बिहान यसको सम्भाव्यता अध्ययन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung