शुभेक्षा एफ एम ले आफ्नो प्रथम बार्षिकोत्सव मनाउने भएको छ ।
शुभेक्षा मिडिया प्रा.लि. द्धारा सञ्चालित तथा बागलुङ जिल्लाको दक्षिणीभेग जैमिनी नगरपालिका १ कुश्मिसेराबाट प्रशारित शुभेक्षा एफ एम ९६.६ मेगाहजकोे यही कात्तिक २० गते प्रथम बार्षिकोत्सव मनाइने स्टेशन म्यानेजर सन्ध्या आचार्यले बताउनुभयो ।
बार्षिकोत्सवको अवसरमा नियमित विज्ञापन दाता, असल विज्ञापन दाता, नियमित श्रोता तथा विभिन्न व्यक्तीत्वहरुलाई प्रशंसा सम्मान तथा स्वागत गरिने एफ.एम का प्रवन्धक सुजन प्रेमीले बताउनुभयो । कार्यक्रमका लागि पत्राचार भैरहेको र पत्राचार नभएको भएपनि उपस्थित भैदिनको लागि सबैलाई आग्रह गरिएको प्रवन्धक प्रेमीको भनाइ छ । बिभिन्न आरोह अवरोहका बिच सञ्चालित एफ एम हाल १७ घण्टा प्रशारण भैरहेको छ ।
२०७४ साल कात्तिक २० गते आफ्नो परिक्षण प्रशारण आरम्भ गरेको एफ एम २०७५ साल बैशाख २४ गते नियमित प्रशारणमा आएको थियो ।



















































































































































































































