७ कार्तिक २०८३, शुक्रबार

 

लोमान्थाङमा सेनाको क्याम्प, उपल्लो मुस्ताङमा सुरक्षा बढ्ने

उपल्लो मुस्ताङको लोमान्थाङमा नेपाली सेनाको क्याम्प राखिएको छ।

चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोराला नाकादेखि २६ किलोमिटर नेपालतर्फको भागमा क्याम्प राखिएको हो।

सेनानीको नेतृत्वमा आइतबार क्याम्प स्थापना गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए।

जोमसोमस्थित बज्रदल गणअन्तर्गत रहने गरी स्थापना गरिएको क्याम्पमा हाल ५० सेना खटिएका छन्।

क्याम्प राख्न १ हजार २१७ रोपनी जग्गामा भवन लगायतका पूर्वाधार निर्माण गरिएको छ।

क्याम्पमार्फत सुरक्षा गतिविधिसँगै उच्च भूगोलको सैनिक तालिम सञ्चालन र विपद् व्यवस्थापनसम्बन्धी गतिविधि हुने बताइएको छ।

क्याम्प स्थापना भएपछि उपल्लो मुस्ताङमा सुरक्षा बढ्ने र विपद् व्यवस्थापनमा सहयोग पुग्ने मुस्ताङ जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सेनाको क्याम्प स्थापना भएपछि लोमान्थाङमा रहेको युरेनीयम खानी र र कोरला नाकामा सुरक्षा बढ्ने मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए।

क्याम्प रहेको स्थान समुद्री सतहदेखि चार हजार मिटर उचाइमा छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung