१२ कार्तिक २०८३, बुधबार

 

क्याङका दिनेशलाईे १२२ थान लागूऔषधसहित प्रहरीले समायो

पर्वत /जिल्ला प्रहरी कार्यालय पर्वतले ठूलो परिमाणमा लागुऔषध सहित २ युवालाई पक्राउ गरेको छ । प्रहरीले कुश्मा नगरपालिका ६ कुस्माबजारको गोविन्द पथमा बस्दै आएका दिनेश पुनको कोठाबाट सोमबार लागु औषध बरामद गरेको हो ।

प्रहरीले मोदी गाउँपालिका वडा नं. ४ क्याङ घर भई हाल कुश्माबजारमा बस्दै आएका २२ बर्षिय दिनेश पुनको कोठाबाट विभिन्न प्रकारका १ सय २२ थान लागु औषध र गाँजा चरेस बरामद गरेको जनाएको छ । साथै प्रहरीले १९ बर्षिय युवा सुरज पुनलाई समेत नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन रायमाझीले दिएको जानकारी अनुसार पुनको कोठाबाट नरफिन ३५ एम्पुल, फेनेरागन ४४ एम्पुल, डाइजेपाम ३९ एम्पुल, कालजेसिक ४ एम्पुल र नगद १६ हजार ३ सय ३५ रुपैँया बरामद गरेको हो । उनीहरुको साथबाट प्रहरीले केही मात्रामा गाँजा र चरेस पनि बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई लागु औषध ओसारपसार ऐन अन्तर्गत कार्बाही पक्रिया अघि बढाइने प्रहरी निरिक्षक रायमाझीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung