नव शृजना युवा कल्वकाे १५ बार्षिक उत्सवकाे अाैपचारिक उत्घाटन सम्पन्न भएकाे छ । कार्यक्रममा बाेल्दै गण्डकी प्रदेश सांसद चन्द्रबहादुर बुढा मगर सागरले अव ताराखाेलालाई नमुना बनाउनका लागि प्रदेशबाट जुनकुनै पहल गर्न अाफु निरन्तर लागी रहने बताउनुभयाे । देश निर्माणमा युवाहरु कल्व मार्फत एकता भएर लाग्नुु पर्ने कुरामा ३ तहका सरकार लागिपरिराखेकाे बतायनु भयाे ।
तर सरकारका काम संचालनमा कर्मचारीहरुकाे पुरानै मानशिकता रहेकाेले केहि समस्या भएकाे बताउनु भयाे । अहिले समृद्ध नेपाल सुखि नेपाली अभियानमा रहेकाेले जनताहरु निराश नभई उत्साहित हुनकाे लागी अाग्रह गर्नु भयाे ।
कार्यक्रममा ताराखाेला गाउपालिकाका अध्यक्ष प्रकाश घर्तीले ताराखाेला गाउपालिकालाई नमुना बनाउने बताउनु भयाे।, नेकपाकाे तर्फबाट धनबहादुर विक हिमालले ताराखोलामा निर्माणधिन जलविद्युत तत्काल सम्पन्न गरिने बताउनु भयाे ।
साथै १ कराेड १२ लाख अनुदान रकमलाई ९ लाख १२ हजार कान्तिपुर पत्रिकाले लेखेकाे गलत भएकाे बताउनु भयाे । ् , सम्मानित व्यक्तिहरुकाे तर्फबाट भविकला घर्ती कार्यक्रममा ताराखाेला गाउपालिकामै रहेर विभिन्न क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुर्याउन विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएकाे थियाे ।
जस अन्नतरगत शिक्षा क्षेत्रमा जन प्रेम माध्यमिक विद्यालयका प्रध्यानअध्यापक नईन्द्र गुरुङ, समाज सेवा अन्तरगत वडान ४का नरेश केसि, संचार क्षेत्रमा खगेन्द्र विश्वकर्मा , खेलकुदमा वडा ३ का विष्णु खत्री , महिला अगुवा अन्तरगत वडा २ कि भविकला राेका घर्ती, व्यावसायि अन्तरगत अाेम प्रकाश अग्रेजा, कृषि क्षेत्रमा वडा न १ प्रेम प्रसाद कदेललाई प्रशंशा पत्र तथा दाेसल्लाले सम्मान गरिएकाे थियाे , सम्मानमा जेष्ठ पष्तबहादुर घर्ती,झनि राेका,थली थापा मगर, लालमती घर्ती, जसिमा घर्ती , नागरिक ए प्लास्टिक एनिमिया राेगका उपचार गराईराख्नु भएका नरेन्द्र घर्ती बचाउ अभियानकाे दाेस्राे चरणकाे रकम ३६ हजार रकमकाे चेक हस्तान्तरण नरेन्द्र घर्तीलाई हस्तान्तरण गरिएकाे थियोे ।
कार्यक्रममा कलाकार थानेश्वर गाैतम, फुलमाया केसि, लगाएतले सांगेतिक प्रस्तुति रहेकाे थियो । कार्यक्रम कल्वका अध्यक्ष पुर्णभद्र निउरेकाे अध्यक्षता दित्तिय उपाध्यक्ष मनबहादुर राेकाकाे स्वागत र प्रथम उपाध्यक्ष धनबहादुर घर्तीकाे संचालनमा सम्पन्न भएकाे थियोे । कार्यक्रम पुरुष भलिवल सेमिफाइनल ,महिला भलिवल, भाग्यशालि चिट्ठा धनुषवाण लगायतकम अन्य कार्यक्रमहरु संचालन भै राखेकाे छ ।



















































































































































































































