१२ कार्तिक २०८३, बुधबार

 

छोराको मृत्युको पिडा सहन नसकेर आमाको पनि मृत्यु

बागलुङको ताराखोला वडा न ४ शोकमा दुबेको छ । हिन्दुहरुको महान पर्व तिहारको दिन निधारमा सप्तरङ्गी टिका र माला लगाउने दिनमा गाँउनै आखामा आसु बगाउदै २ मुर्दा आमा छोराको लास बोकेर दाह सस्कारमा घाटमा पुगेका तारा खोला गाउँका युवा नेता दिवश खत्री पदमले बताए । ताराखोला गाउपालिका घर भएका ५८ बर्षिय बलाराम कडेँललाई २२ गते विहान १० बजे काँफलडाडामा मृत्तक अवस्थामा पुर्णबहादुर परियारले भेटाएका थिए ।

२१ गते राति भिरबाट लडेर उनको मृत्यु भएको थियो । छोराको मृत्युको खबर सुनेपछि एक्कासी बलरामकी आमालाई हृदयघात भै मृत्यु भएको भनि दिवस खत्री पदमले जानकारी दिए । उनिहरुलाई भाई टिकाको बिहानमा घाटमा लगेर दाह ससंकार गरिएको थियो । त्येतिबेला पुरै गाँउ र कडँल परिवार शोकमा डुबेको थियो । कडेँल परिवारले समाजमा अतुलनिय योगदान पु¥याएका थिए । जसले गर्दा समाजमा ठुलो धक्का लागेको छ । समाजको शिक्षण पेसमा कडँल परिवारको ठुलो योगदान थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung