भने ईस्ट बाङगो नभने अाफु नांगो भन्ने नेपाली उखान त्यसै बनेको हैन यतिबेला मुलुकमा शक्तिशाली बामपंथी सरकार बनेको पनि ९ महिना पूरा भइसकेको छ ।समाजवाद उन्मुख संबिधान यतिबेला नेपाली जनताको हातहातमा छ इतिहासमै शक्तिशाली प्रधानमन्त्री केपी शर्मा अाेली यतिबेला साला साली भाइ भतिजो लाई राजनीति नियुक्ति देखि राजदूत बनाउन तल्लीन छन् । अाेली सरकारले इजरायलकाे लागि राजदूतमा अाफ्नाे निकत अन्जान शाक्यलाई सिफारिस गरेको छ ।
समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा मात्रै सिंहदरबारकाे भित्तामा सिमित छ भनेर भनिरहदा कसैकाे पनि दुई मत हुदैन यतिबेला ।काम कुरा एकातिर कुम्लो बाेकी ठिमी तिर भने झै देशमा सरकार निर्माण भएको ९ पूरा हुदै गर्दा नेपाली जनताले देशमा शक्तिशाली सरकार छ भन्ने कुराकाे महसुुस गर्न पाएका छैनन् ।
सरकारले विभिन्न देशको लागि कुटनैतिक प्रयाेजनकाे लागि राजदूत नियुक्ति गरेको छ यो सरकारले गर्ने नियमित काम अन्तर्गतको काम हाे तर अहिले सिफारिस भएको नाममा प्रधानमन्त्री केपी अाेली कै साली नाता पर्ने समेत राजदूतमा परेपछि देशभर यसको विरोध शुरू भएको छ । हाे सरकारले अाफ्नाे जिम्मेवारी अनुसार राजदूत सल्लाहकार नियुक्ति गर्न पाउछ त्यो कुनै अन्यथा कुरा हैन तर बिदेशी भुमिमा एकजना कुटिल कुटनैतिक भुमिका निभाउन सक्ने ब्यक्ति छनाैट गरेर पठाउन सकेको भए यसले देशलाई पनि फाइदा हुने थियो सरकारलाई पनि यसले मद्दत पुराउने थियो ।
अहिले सरकार काे काम गतिविधि हेर्दा देशमा परिवर्तनको कुनै संकेत देखिदैन ।अहिले पंचायत कालमा भन्दा पनि बढी नातावाद कृपावाद फरियावाद भएको कुरा अब भनिरहनु पर्ने विषय नै रहेन ।
नेपाली जनताले २०६२/६३ काे जन अान्दोलन पछि देशमा धेरै परिवर्तनको अाशा गरेका थिए त्यो कुनै पनि कुरा ब्यबहारिक रूपमा पूरा हुन सकेन अहिले देशमा दुई वटा शक्तिशाली कम्युनिस्ट पार्टी मिलेपछि संघ र प्रदेशको निर्वाचन भयो केन्द्रमा
शक्तिशाली सरकार ७ वटा प्रदेश मध्ये ६ वटा प्रदेशमा कम्युनिस्ट सरकार गठन भएको छ ।दिनहुँजसो बलात्कार हत्या लुटपाटका घटना झन बढेर गएको छ ।नेपाली जनताले राहत हैन मात्रै अाहत पाएका छन् ।राष्ट्रवादी प्रधानमन्त्री भनेर नेपालमा मात्रै हैन बिदेशमा समेत चर्चित बनेका केपी अाेली यतिबेला सर्वत्र अालाेचनाका पात्र बन्न सफल भएका छन् ।
यतिबेला सरकारले समृद्ध नेपाल सुखी नेपालीकाे जुन नारा अगाडि सारेको छ काम गतिविधि भने नेपाली जनतालाई झन हरि कंगाल बनाउने दिशा तर्फ उन्मुख देखिन्छ ।जहाँ हेर्या त्यहीँ बेथिति छ जतिसुकै भ्रष्टाचार छ बिना पैसा कहि पनि काम काज हुदैन राेजगारी भन्ने कुरा फगत सपना भन्दा अर्को केही पनि भएको छैन ।देश हाक्ने जिम्मेवारी लिएका प्रधानमन्त्री स्वयम् बिरामी छन् देशलाई राम्रो गतिमा अगाडि बढाउनु पर्नेमा अासेपासे हनुमान र दासहरूले नचाहिने काम गरेर जसरी हुन्छ यहीँ बेला ७ पुस्ता लाई पुग्ने सम्पत्ति कमाउन ब्यस्त छन् ।
जनताको कुरा सुन्ने निकाय माैन छ ।जतासुकै अाफ्नाे खेताला गाेठाला मात्रै हैन विभिन्न संघसंस्थाका जिएम टेन्डर बढी बढाउमा बिक्री हुने गरेको कुरा प्रमाणित हुदा समेत यसको जवाफ दिन सरकारले सक्दैन ?



















































































































































































































