बागलुङ बजारका समाजिक व्यक्तित्व तथा व्यवसायी दिवंगत कुलप्रसाद श्रेष्ठको ४५ औँँ दिनको पुण्य तिथिमा श्रदाञ्जली सभा गरिएको छ । श्रेष्ठको स्मृतिमा बागलुङ उद्योग वाणिज्य संघ, विद्यामन्दिर पुस्तकालय र नेपाल भाषा मंका खलको संयुक्त आयोजनामा सभा गरिएको हो । विसं १९८३ सालमा बागलुङ नगरपालिका–३ बागलुङ बजारमा जन्मिएका श्रेष्ठले सामाजिक सुधार, शैक्षिक विकास तथा व्यवसायको क्षेत्रमा महत्पूर्ण योगदान पु¥याएका थिए ।
उनी नेपाल उद्योग बाणिज्य संघ बागलुङका संस्थापक सचिव, विद्यामन्दिर माविका प्रथम निर्वाचित अध्यक्ष, राधाकृष्ण मिन्दर सेवा समितिको उपाध्यक्ष, सुर्यलक्ष्मी स्मृति कोषको संरक्षक सदस्य लगायत विभिन्न संस्थामा रहेर सेवा गरेका सामाजिक व्यक्तित्व हुन् । श्रेष्ठ विसं २०१४ सालमा नेपाली काँग्रेसको जिल्ला सदस्य रहेका थिए ।
उनको निधनको ४५ औँ दिनको पुण्य तिथिमा भएको श्रदाञ्जाली सभामा वोल्ने बक्ताहरुले श्रेष्ठले समाजमा पु¥याएको योगदानको खुलेर प्रशंसा गरेका थिए । उनीहरुले समाजिक सुधार, शैक्षिक सुधार तथा व्यवसायिक उन्नतिमा श्रेष्ठको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।
सो अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा श्रेष्ठका कान्छाछोरा निर्माणकुमार श्रेष्ठ बासुले आफ्नो वुवाबाट आफुले सँधै सकारात्मक काम गर्ने प्रेरणा लिएको बताए । ‘यो पवित्र दिनमा मैले मेरा पुजनिय पिताप्रति भावपूर्ण श्रद्धा अर्पण गर्दछु,’ उनले भावुक हुँदै भने, ‘वुवाले समाजका विभिन्न सुधारमा काम त गर्नुभयो । हामीलाई पनि सँधै सकारात्मक सोच राखेर सत्मार्गमा लाग्न प्रेरित गर्नुहुन्थ्यो ।’
बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले बागलुङमा उद्योग बाणिज्य संघ स्थापना गर्नेदेखि विभिन्न सामाजिक कार्यमा श्रेष्ठको अतुलनिय योगदान गरेको बताए ।
कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लालचन्द्र राजभण्डारी, नेपाल भाषा मंका खलका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, विद्यामन्दिर पुस्तकालयका उपाध्यक्ष रामप्रसाद शर्मा, राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष रमेशकुमार राजभण्डारी, बागलुङ उद्योग बाणिज्य संघका सल्लाहकार देवबहादुर श्रेष्ठ लगायतले दिवंगत श्रेष्ठले कठिन अवस्थामा पनि आफ्नो जीवन सामाजिक सुधारका काममा खर्चिएको भन्दै उनीबाट सिक्नुपर्ने धेरै कुरा रहेको बताए ।
कार्यक्रम बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीको अध्यक्षता र महासचिव दयाराम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































