१२ कार्तिक २०८३, बुधबार

 

गल्काेट घुम्टे विकास मञ्चकाे साधारण सभा

काठमाण्डौको शंखमुल स्थित नेरिक एकेडेमीमा गल्काेट घुम्टे विकास मञ्चकाे साधारण सभा तथा घुम्टे अंक ५ बिमाेचन कार्यक्रम  शनिबार सम्मपन्न भएकाे छ । साेहि अवसरमा साहित्यकार मन खत्री सागरकाे दाेस्राे कृति ” अस्मी ” उपन्यास पनि बिमाेचन गरिएकाे थियाे ।

उक्त कार्यक्रममा प्रमुख अतिथि डा. चित्रलाल भट्टचनद्वारा गल्काेटबाट काठमाडाै अाई बसाेबास गर्ने जेष्ठ नागरिक बल बहादुर बस्नेत र देउ कुमारी भण्डारी साथै गल्काेटमा रहेर स्वास्थ्य क्षेत्रमा याेगदान पुर्याउनु भएका डम्मर बहादुर थापालाई सम्मान गरियाे । कार्यक्रममा बाेल्दै अतिथि गल्काेट समाज जापानका अध्यक्ष दिलु खत्रीले बिश्वका बिभिन्न देशमा तथा नेपालका बिभिन्न जिल्लामा गल्काेट समाजकाे नामबाट सबै संस्था क्रियाशिल रहेकाेमा काठमाडाैमा गल्काेट समाजकाे संस्था नरहेकाे र यहि बिकास मञ्चकाे नाम परिबर्तन गरि गल्काेट समाज काठमाडाै राख्दा एकरुपता कायम हुने र सामाजिक काममा मिलेेर अगाडि बढ्न सकिने भनाई राख्नु भएकाे थियाे ।

त्यस्तै कार्यक्रममा संस्थापक अध्यक्ष बि.के. मान सिंहले गल्काेट र गल्काेटेकाे हितका लागि याे मञ्च अझ सक्रिय हुँनु पर्ने अाैल्याउँदै हाल सम्म संस्थाले गरेका कार्यहरुकाे प्रशांशा गर्दै बर्तमान कार्य समितिलाई धन्यबाद दिँदै नयाँ कार्यसमितिलाई शुभकामना दिनुभएकाे थियाे । साेहि अबसरमा मञ्चका अध्यक्ष मेघ केसीले हाल सम्म गल्काेटकाे बिकासमा बिकास मञ्चले गरेका गतिबिधीकाे जानकारी गराउँदै गल्काेटकाे बिकासमा सबै क्षेत्रबाट सहयाेग पुर्याउनु पर्नेमा जाेड दिनुभयाे ।

कार्यक्रममा मन खत्री, डा. मणि शर्मा, खडक बस्नेत, प्रेम अधिकारी लगाएतले भनाई राख्नु भएकाे थियाे । साधारण सभाले प्रशान्त ढकालकाे अध्यक्षतामा ७ सदस्यीय कार्य समिति चयन गरेकाे छ, जसमा उपाध्यक्ष मन बहादुर खत्री, महासचिब थमन बहादुर भण्डारी, सचिव मिलन कंडेल, काेषाध्यक्ष देवेन्द्र सुवेदी, सदस्य भिम कुमारी शर्मा, सदस्य ईल्सन थापा रहनु भएकाे छ ।

कार्यक्रम मेघ केसीकाे अध्यक्षता, मिलन कंडेलकाे स्वागत मन्तव्य र थमन बहादुर भण्डारीकाे संचालनमा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung