बागलुङ । बडिगाड गाउँपालिका–५ जोगी बगर, बडीगाड खोलाको किनारमा एक वृद्ध महिलाको शव फेला परेको छ ।
अन्दाजी ६०र६५ वर्ष जस्तो देखिने वृद्ध महिलाको शव सोमबार बिहान बडिगाड खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको हो ।
स्थानियले घाँस काट्ने क्रममा खोलाको किनारामा शव देखेपछी प्रहरीलाई जानकारी दिएका थिए ।
शव खोला किनारादेखी करिव ३ मिटर पर रहेको थियो । मृतक महिलाको पहिचान हुन सकेको छैन । मृतकको पहिचाहनको लागी प्रहरीले सवै क्षेत्रमा सूचना गरेको जनाएको छ ।



















































































































































































































