१२ कार्तिक २०८३, बुधबार

 

शुरुङमार्गप्रति पर्यटकको आर्कषण

शालग्राम संरक्षणका लागि निर्माण गरिएको शुरुङमार्गप्रति आन्तरिक पर्यटकको अर्काषण बढेको छ । नेपालमै पहिलो पटक निर्माण गर्न लागिरहेकोे शालग्राम सङ्ग्रहालय भू–गर्भ भित्र निर्माण गर्नका लागि बनाइएको शुरुङमार्ग हेर्नका लागि पर्यटकहरु आउन थालेका हुन ।

७६ मटिर लामो उक्त शुरुङ निर्माणको अन्तिम चरणमा रहेको छ । शुरुङमा तिरुपत बिालाजिधाममा रहेको २४ हजार शालग्राम तथा विभिन्न कला कौशल सहितको आर्कषण संग्रहालय वनाउन थाले लगत्तैबाट पर्यटकहरुले चासो देखाउन थालेका हुन ।

हाल पर्वत, म्याग्दी तथा बागलुङका विभिन्न ठाउँवाट शरुङमार्ग हेर्न पर्यटकहरु हेर्न आउने गरेको तिरुपती बालाजीधामले जनाएको छ । मुस्ताङको मुक्तिनाथ देखि म्याग्दी, बागलुङ र पर्वत भएर वहने कालिगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाईने शालग्राम शिलाको संरक्षणका लागि बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको तिरुपती बालाजी धाममा शालग्राम संग्रहालय निर्माणका लागि शुरुङमार्ग निर्माण गरिएको हो ।

बर्तमान समयमाभने शालग्राम शिलाको संरक्षण अभावमा हराउदै गएपछी यहाँको मन्दीरले संरक्षणका लागि भु–गर्भ भित्र संग्रहालय निमार्ण गरिएको हो । ‘भगवना शिवको प्रिय अस्त्रका रुपमा मानिने त्रिशुल आकारको चार खण्डमा शुरुङ निर्माण भएको छ’ मन्दिरका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले भन्नुभयो ‘शुरुङ निर्माण शुरु गरे लगत्तै पर्यटकको चासो थियो, अहिले दैजिक दुईसय वढी पर्यटकहरु मन्दिर र शुरुङमार्ग हेर्न आउछन् ।’

झण्डै रु.२ करोडको लागतमा सम्पन्न हुन लागेको शुरुङमार्ग संग्रहालयमा रुपमान्तरण गर्न अझै रु.३ करोड लाग्ने प्रपन्नाचार्यले बताउनुभयो । शुरुङमार्ग निर्माणको जिम्मा साउथ एसियन एन्फ्रा स्टक्चर निर्माण कम्पनीले ठेक्का मार्फत लिएर कार्य सम्पन्न गर्न लागिरहेको छ । निर्माण कम्पनीका इन्जिनियर नरोत्तम कार्कीका अनुसार सेमी सरकल प्रविधिमा निर्माण भएको उक्त शुरुङको ३ मिटर उचाई र ३ मिटर ७० सेन्टी मिटर लम्माई रहेको छ ।

नदीहरुमा प्रशस्त मात्रामा पाइने शालिग्राम लोप हुन थालेपछि यसको संरक्षणका बारेमा धार्मिक व्यक्ति र सम्वद्ध संघ संस्थाहरुले चिन्ता र चासो व्यक्त गरेका छन् । विशेष गरी मुक्तिनाथ जाने भारतीय पर्यटकहरु भित्राउन यस शुरुङमार्ग सहितको संग्रहालय निमार्ण थालिएको थियो । शुरुङमार्ग निर्माण भएको स्थानमा वेद विद्याश्रम, कुटी, तामाले छाएको हल तथा ऐतिहासिक महत्व बोकेका मन्दिरहरु समेत देख्न पाइने हुनाले पर्यटकहरुको आर्कषण वढेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung