१ जेष्ठ २०८१, मंगलवार

 

युक्रेन द्वन्द्व : इयूले रूसमाथि प्रतिबन्ध लगाउने, ट्रम्पपनि क्रेमलिनप्रति रुष्ट

केहि दिनअघि रुसले यूक्रेनका ३ नोसैनिक जहाज आक्रमणगर्दै कब्जा गरेपछि युक्रेन र रुसबीचको सम्बन्ध यतिबेला उत्कर्षमा पुगेको छ।

रुसले यूक्रेनमा गरेको गतिविधिलाई यूरोपेली संघ (इयू) ले नकरात्मक भनेको छ। इयूले आगामी महिना रूसमाथि थप प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएको छ।

चक्रीय प्रणाली अन्तर्गत इयूको अध्यक्षता गरिरहेका करिन नेइसलले भने,‘संभवत यो रूसमाथि थप प्रतिबन्ध लगाउनुपर्ने एउटा बिषय हो तर यसबारे आगामी दिनमा हुने घटना र परिवेश अनुसार निर्णय लिइनेछ।’

अष्ट्रियाका विदेशमन्त्रीसमेत रहेका नेइसले आफ्ना जर्मन समकक्षी हेइको माससँगको कुराकानीपछि सञ्चारकर्मीसँग भने,‘सबैकुरा दुबैतर्फबाट आगामी दिनमा हुने गतिविधिहरूमा निर्भर रहनेछ। तर प्रतिबन्धबारे पुनः मुल्याङ्कन हुनु पर्ने देखिएको छ।’

सोहि घटनालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत रुसप्रति रुष्ट छन्। ट्रम्पले जि २० वैठकमा रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग हुने भनिएको वैठक स्थगित गर्न सक्ने बताएका छन्।

ट्रम्पले रुसले युक्रेनको जहाजमा आक्रमण गरेर ‘घमण्ड तथा आक्रोश’ देखाएको बताए। एजेन्सी

प्रतिक्रिया दिनुहोस्